३० श्रावण २०८३, शनिबार
,
Latest
कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजलासमा फर्किइन् सपना प्रधान मल्ल



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल करिब तीन साताको बिदापछि पुनः अदालत फर्किएकी छन् ।

प्रधानन्यायाधीशमा न्यायाधीश डा. मनोज शर्मा नियुक्त भएपछि बिदामा बसेकी मल्ल सोमबारदेखि नियमित जिम्मेवारीमा फर्किएकी हुन् ।

सर्वोच्च अदालतले सोमबारका लागि उनलाई दुईवटा इजलासको जिम्मेवारी तोकेको छ । उनी सुरुमा एकल इजलासमा बसेर मुद्दाको सुनुवाइ गर्नेछिन् भने त्यसपछि न्यायाधीश मेघराज पोखरेलसँग संयुक्त इजलासमा सहभागी हुने कार्यक्रम रहेको छ ।

उनको अदालत फर्काइसँगै सर्वोच्चमा नियमित सुनुवाइ प्रक्रियाले थप गति लिने अपेक्षा गरिएको छ ।