६ श्रावण २०८३, बुधबार
,
Latest
आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी



अ+ अ-

रुपन्देही। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको सभापतिमा महेन्द्रप्रसाद उपाध्याय निर्वाचित हुनुभएको छ ।

आइतबार तिलोत्तमा नगरपालिका–५ स्थित मणिग्राममा सम्पन्न अधिवेशनबाट प्रतिस्पर्धी आशिष न्यौपानेलाई एक सय ५३ मतान्तरले पराजित गर्दै उपाध्याय निर्वाचित हुनुभएको हो । उपाध्यायले दुई सय ९६ र न्यौपानेले एक सय ४३ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, जिल्ला उपसभापतिमा दुर्गाप्रसाद अर्याल विजयी हुनुभएको छ । अर्यालले दुई सय ३८ र प्रतिस्पर्धी रचना क्षेत्रीले एक सय ८९ मत प्राप्त गर्नुभयो ।

सचिवमा ज्ञानेन्द्र पाण्डे दुई सय ३७ मतसहित विजयी हुँदा प्रतिस्पर्धी मोहनविक्रम जिसीले दुई सय तीन मत प्राप्त गर्नुभयो ।

सहसचिवमा बाबुराम अर्याल दुई सय ७९ मतसहित विजयी हुनुभयो भने प्रतिस्पर्धी प्रेमनारायण तिवारीले एक सय ४८ मत प्राप्त गर्नुभयो ।
कार्यसमिति सदस्यमा शर्मिला आचार्य (३२२), अनिता पन्थी (२६७), जमुना सापकोटा (१६०), रामनाथ हरिजन (१७२) र राजबहादुर क्षेत्री (२४०) विजयी हुनुभएको छ ।

निर्वाचन समितिका अनुसार क्षेत्र नं १ को संयोजकमा खडानन्द पौडेल, क्षेन नं २ को संयोजकमा विष्णुप्रसाद पौडेल, क्षेन नं ३ मा छविलाल शर्मा, क्षेन नं ४ मा विश्वनाथ शर्मा र क्षेन नं ५ मा शेषकान्त गैरे (समिर) विजयी हुनुभएको छ । रासस