१५ भाद्र २०८३, सोमबार
,
Latest
आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान डार्क म्याटर र डार्क इनर्जीको अध्ययनका लागि नासाद्वारा ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ प्रक्षेपण भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती ‘नेपाललाई विपद् पुनर्निर्माणका नाममा थप ऋण नथोपर्नू’–जलवायु अभियन्ताको अन्तर्राष्ट्रिय समुदायलाई अपिल पहिराबाट विभिन्न स्थानका सडक अवरुद्ध मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै चितवनमा राहत सामग्री सङ्कलन कक्ष स्थापना भोटेकोशी बाढीः तीन हजारको उद्धार, एक हजार पाँचसयभन्दा बढी बेपत्ता भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत कृष्णभीरमा पहिरो: पृथ्वी राजमार्ग सुचारु हुन सकेन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न



अ+ अ-

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेटीमा आइतबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीय नागरिक लाभान्वित भएका छन् ।

महेन्द्रनगरस्थित महाकाली बहुप्राविधिक शिक्षालयले आयोजना गरेको शिविरबाट भीमदत्त नगरपालिकाको विकट बस्ती खल्ला मसेटीमा औषधिसहितको स्वास्थ्य सेवाबाट स्थानीय ९३ जना लाभान्वित भएको शिक्षालयका निर्देशक प्रमल साउदले जानकारी दिनुभयो ।

“सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यअनुरुप हामीले रु एक लाखको औषधिसहितको निःशुल्क स्वास्थ्य शिविरमा चिकित्सकसहितको सेवा प्रदान गरेका हौँ”, निर्देशक साउदले भन्नुभयो, “प्राविधिक शिक्षासँगै शिक्षालयले कञ्चनपुरमा विभिन्न सामाजिक क्षेत्रमा पनि सक्रिय सहभागिता जनाउँदै आएको छ ।”

त्यसैगरी स्वास्थ्य शिविरमा महिला ५४ र पुरुष ३९ जनाले सेवा लिएको चिकित्सक डा गोविन्द रोकायाले जानकारी दिनुभयो । उहाँले छाला, पेट, दम, मधुमेहलगायतका बिरामीले सेवा लिएका बताउनुभयो । त्यसका साथै शिविरमा १७ महिला र २१ पुरुषले प्रयोगशाला सेवासमेत लिएका थिए ।

स्वास्थ्य शिविर उद्घाटनमा भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटी, शिक्षालयका निर्देशक साउद, महाकाली प्रादेशिक अस्पतालका डा अर्जुन भट्टलगायतको सहभागिता थियो । रासस