३० श्रावण २०८३, शनिबार
,
Latest
कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारले विशेष जोड दिइरहेको बताउनुभएको छ ।

आज यहाँ आयोजित पत्रकारसँग भेटघाट तथा छलफल कार्यक्रममा उहाँले समग्र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, समाधानका प्रयास र आगामी योजनाका कामलाई प्रभावकारी बनाउन आफूहरू केन्द्रित रहेको बताउनुभयो ।

मन्त्री मेहताले सरकारले सय दिनको शासकीय सुधारका कार्यअन्तर्गत स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको उल्लेख गर्दै ती काम अन्तिम चरणमा रहेको बताउनुभयो ।

उहाँले नियमित समन्वय, सूचना र सञ्चारका माध्यमबाट मन्त्रालयका गतिविधिलाई पनि प्रभावकारी बनाउने बताउनुभयो । मन्त्रालयका सचिव डा विकास देवकोटाले आधारभूत स्वास्थ्य पु¥याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या चाँडै नै समाधान गरेर अगाडि बढ्ने उल्लेख गर्दै स्वास्थ्य बिमा कार्यक्रमलाई सबैको कार्यक्रम बनाउन केही काम भइरहेको बताउनुभयो