१३ भाद्र २०८३, शनिबार
,
Latest
रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम



अ+ अ-

काठमाडाैँ । सिरहा र धनुषा जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको कमला पुल १५ वर्षदेखि अलपत्र छ । सोही अलपत्र पुलको पछिल्लो अवस्था बुझ्न पूर्वाधार विकास मन्त्री सुनील लम्सालले स्थलगत निरीक्षण गरेका छन् ।

पूर्वी मधेशका विभिन्न जिल्लामा सञ्चालित विकास आयोजनाहरूको अनुगमन गर्ने क्रममा मन्त्री लम्साल नेतृत्वको टोलीले कमला पुलको अवलोकन गरेको हो । १५ वर्षको अवधिमा मन्त्री लम्सालसहित १८ जना मन्त्रीहरूले यसको निरीक्षण गरिसकेका छन् ।

मन्त्री फेरिने र निरीक्षण हुने क्रम चलिरहे पनि पुलको निर्माण कार्य भने अझै अधुरो छ, जसका कारण स्थानीय जनताले लामो समयदेखि सास्ती भोग्दै आएका छन् । बालेन सरकार बनेपछि निरीक्षणका क्रममा मन्त्री लम्साल पुग्दा स्थानीयले विरोध गरेका छन् । पुल निर्माण सम्पन्न गर्ने स्पष्ट कार्ययोजना सार्वजनिक नगरेको भन्दै स्थानीयले मन्त्रीको निरीक्षणप्रति असन्तुष्टि जनाए ।

मन्त्री लम्सालले पुल निर्माणको काम अब कुनै बाहनामा नरोकिने प्रष्ट पारेका थिए । भ्रमणका क्रममा मन्त्री लम्सालले कमला पुल मात्र नभई अन्य ठूला पूर्वाधार आयोजनाहरूको पनि अनुगमन गरेका छन् । टोलीले काँकडभिट्टा–लौकही सडक आयोजनाका तीनवटा खण्ड र सप्तरीको कञ्चनपुरदेखि सिराहाको कमलासम्मको करिव ८७ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने कार्यको प्रगतिको जानकारी लिएको छ ।

मन्त्री लम्सालले एशियाली विकास बैंक र विश्व बैंकको लगानीमा सञ्चालित विभिन्न पूर्वाधार परियोजनाहरूको समेत निरीक्षण गरेका थिए । मन्त्री लम्सालले आयोजनाहरू निर्धारित समयमै सम्पन्न गर्न मन्त्रालयले आवश्यक सहजीकरण, समन्वय र प्रभावकारी अनुगमनलाई उच्च प्राथमिकतामा राखेको बताए ।

केही समय अघि मात्रै मन्त्री लम्सालले बुटबल, मुलिङ, नागढुंगा सडकखण्डकको समेत अनुगमन गरेका थिए । उनले समयमै आयोजनाको काम सक्न निर्देशन समेत दिए।