६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप



अ+ अ-

काठमाडाैँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा स्पष्ट राजनीतिक दृष्टिकोण र प्राथमिकता नदेखिएको टिप्पणी गर्नुभएको छ। उहाँले बजेटलाई संरचनागत रूपमा हेर्दा केही हदसम्म ‘पपुलिस्ट’ प्रकृतिको देखिएको पनि बताउनुभयो।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पुनले बजेटमा विभिन्न क्षेत्रका विषयहरू समेट्ने प्रयास गरिएको भए पनि समग्र रूपमा स्पष्ट फोकस नभएको धारणा राख्नुभयो। उहाँका अनुसार बजेटले सबै पक्षलाई समेट्ने प्रयास गरे पनि सरकारको आफ्नै प्राथमिकता र दीर्घकालीन रणनीति स्पष्ट रूपमा प्रस्तुत हुन सकेको छैन।

उहाँले पपुलिजमको विशेषता सबैलाई आकर्षित गर्ने कार्यक्रम प्रस्तुत गर्नु भए पनि ती कार्यक्रम कार्यान्वयनमा कति सम्भव छन् भन्नेबारे स्पष्टता नहुने बताउँदै सोही प्रवृत्ति बजेटमा पनि देखिएको टिप्पणी गर्नुभयो।

पूर्वअर्थमन्त्री पुनले भन्नुभयो, “बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ। तर हाम्रो आलोचना के हो भने यो दृष्टिकोण केही हदसम्म पपुलिस्ट प्रकृतिको देखिन्छ। सबैलाई कर्णप्रिय लाग्ने कुरा गरिन्छ, तर ती व्यवहारमा पूरा हुन्छन् कि हुँदैनन् भन्ने स्पष्टता छैन।”

उहाँका अनुसार बजेटमा विभिन्न राजनीतिक दलहरूले उठाएका विषयहरू समेटिए पनि सरकारको आफ्नै स्पष्ट वैचारिक दृष्टिकोण र प्राथमिकता भने पर्याप्त रूपमा देखिएको छैन। साथै, धेरै कार्यक्रमहरू विगतका सरकारहरूले अघि सारेका योजना तथा नीतिहरूको निरन्तरताजस्तै देखिएको उहाँको भनाइ थियो।

पुनले मुख्य प्रश्न सरकारको प्राथमिकतासँग सम्बन्धित रहेको उल्लेख गर्दै बजेट हेर्दा सबै क्षेत्र समेटिएको जस्तो देखिए पनि अपेक्षित परिणाम ल्याउने स्पष्ट रणनीति भने अभावमा रहेको टिप्पणी गर्नुभयो।