१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड

औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड
अ अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको स्थलगत भ्रमण तथा छलफल गर्दै बजारमा देखिएको औषधि अभाव समाधान, आपूर्ति व्यवस्थापन र गुणस्तर सुधारमा केन्द्रित विभिन्न निर्देशन दिनुभएको छ।

छलफलका क्रममा मन्त्रीले बजारमा हाल देखिएको औषधि अभावलाई सम्बोधन गर्न औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउने प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिनुभयो। साथै, औषधि आपूर्ति तथा वितरणको अनुमति लिएर पनि नियमित आपूर्ति नगर्ने आपूर्तिकर्ताहरूलाई नियमनको दायरामा ल्याउने कार्य तत्काल सुरु गर्न आग्रह गर्नुभयो।

त्यस्तै, औषधि आपूर्ति तथा वितरणको अनुमति प्राप्तिका लागि निवेदन र आवश्यक कागजात पेस गरे पनि अनुमति पाउन नसकेका कम्पनीहरूको स्थलगत निरीक्षण तथा आवश्यक जाँचबुझ गरी प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिइएको छ।

मन्त्रीले विभागको नियमन क्षमता अभिवृद्धिका लागि आवश्यक सबै प्रकारका तयारी गर्न र औषधि आपूर्ति तथा व्यवस्थापनलाई थप प्रभावकारी तथा गुणस्तरीय बनाउन आवश्यक सुधारका लागि स्रोतसाधन र जनशक्तिसहितको विवरण तत्काल पेस गर्न निर्देशन दिनुभयो।

यसैगरी, नेपाल सरकारबाट निःशुल्क वितरण हुने औषधि तथा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने औषधिहरूको गुणस्तर परीक्षणलाई प्राथमिकतामा राखेर आवश्यक व्यवस्थापन गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।