१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास

तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास
अ अ+ अ-

कैलाली। पथरैया र कर्णाली नदीको तटीय क्षेत्रका ३२ समुदायमा बाढीबाट बच्चे उपायसम्बन्धी कृत्रिम नमूना अभ्यास गरिएको छ ।

कैलालीको टीकापुर र जानकी गाउँपालिकाका बाढीको जोखिममा रहेका ३२ समुदायलाई सचेत गराउने उद्देश्यले बाढीबाट आइपर्ने जोखिम, बच्ने उपायलगायत विषयमा नमूना अभ्यास गरिएको हो ।

नमूना अभ्यासका क्रममा बाढी आउँदा कसरी सुरक्षित हुने, उद्धार र सुरक्षितस्थानमा जाने तरिकालगायत विषयमा व्यवहारिक ज्ञान प्राप्त भएको स्थानीयले बताएका छन् । टीकापुर नगरपालिका, जानकी गाउँपालिका र प्राक्टिकल एक्सन बी ग्रुपको सहकार्यमा स्थानीय विपद् व्यवस्थापन समितिले नमूना अभ्यास गरेका हुन् ।

नमूना अभ्यास तीन चरणमा आधारित भएर सर्तकता, चेतावनी तह, खतरा तहलगायत विषयमा गरिएको स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष फुलकुमारी चौधरीले जानकारी दिनुभयो । टीकापुरको वडा नं ६ भर्तापुरमा ८४ घर छन् । हरेक वर्ष बर्खामा यहाँ पथरैया नदीका कारण बाढीको जोखिम रहन्छ ।

बाढी आएमा प्रभावितलाई बस्नका लागि दुई तले उच्च र सुरक्षित घर व्यवस्थापन गरिएको समितिका अध्यक्ष चौधरीले उल्लेख गर्नुभयो । नमूना अभ्यासका क्रममा समुदायमा रहेका बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका, बाढीका कारण दुर्घटनामा परेकालाई उद्धार गरेर ल्याइएको थियो । बाढी आउँदा समुदायमा गठन भएका खोज तथा उद्धार कार्यदल, प्राथमिक उपचार कार्यदलको सक्रियता पनि बढाइएको उहाँको भनाइ छ ।

समितिका अध्यक्ष चौधरीले नमूना अभ्यासमा सहभागी भए जसरी नै बाढीको समयमा एकअर्कालाई साथ दिन र उद्धारमा खटिन स्थानीयलाई आग्रह गर्नुभयो । “आपत्कालीन अवस्थामा कसलाई र कहाँ सम्पर्क गर्ने भन्ने जानकारी दिएका छौँ । आपतकालिन नम्बर पनि सुरक्षित राख्नुपर्छ भन्ने सिकाइ भयो”, उहाँले भन्नुभयो, “बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकको सुरक्षा पहिलो प्राथमिकता दिएर अभ्यास गरेका छौँ ।” स्थानीय आशादेवी चौधरीले विपद्का समयमा पूर्वसूचनामा ध्यान दिने, विपद् पूर्वतयारी, जोगिने उपाय, उद्धारमा खटिँदा ध्यान दिनुपर्ने कुरालगायत विषयमा जानकारी पाइएको बताउनुभयो ।

टीकापुर गाउँपमलिका-६ का वडासदस्य पूर्णबहादुर नायकले बाढी आएको समयमा पूर्वसूचनामा विश्वास गर्न, समयमा सबैलाई सुरक्षित स्थानमा सार्न समुदाय सचेत हुनुपर्ने बताउनुभयो । “हामीले समुदायलाई बाढीजन्य विपद्को सामना गर्न सक्षम बनाउने उद्देश्यले नमूना अभ्याससहित सचेतनामूलक कार्यक्रम गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “समुदाय सचेत र तयारी भए मात्र विपद्का समयमा कम क्षति हुन्छ ।”

प्राक्टिकल एक्सन बी ग्रुपका कार्यक्रम अधिकृत अञ्जु चौधरीले कर्णाली र पथरैया नदीको तटीय क्षेत्रका स्थानीयलाई बाढीका समयमा सुरक्षित रहने उपाय सिकाउन नमूना अभ्यास गरिएको बताउनुभयो । उहाँले सतर्कता तह, चेतावनी तह, खतरा तह भएमा कसरी सुरक्षित रहने भनी समुदायलाई सचेत गराइएको जनाउँदै तीन चरणको सूचनाका आधारमा कृत्रिम घटना अभ्यास गरिएको बताउनुभयो ।

कैलालीको टीकापुर नगरपालिकामा मात्रै समुदायस्तरमा ८० भन्दा बढी विपद् व्यवस्थापन समिति छन् । ती समितिमा खोज उद्धार र प्राथमिक उपचार कार्यदल पनि छन् । पालिकाले विभिन्न सङ्घसंस्थाको सहयोगमा उनीहरूको क्षमता अभिवृद्धिलगायत कार्य गर्दै आएको छ । रासस