३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

काङ्ग्रेसको ईलका भत्काउने दाउमा नेकपा

काङ्ग्रेसको ईलका भत्काउने दाउमा नेकपा
अ+ अ-

बाँके । प्रमुख तीन ठूला दलले उम्मेदवार सिफारिश गरेसँगै कोहलपुर नगरपालिकाको वडा नं ६ मा उपनिर्वाचनको माहोल बढ्दै गएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट रामशरण थारु, नेपाली काङ्ग्रेसबाट कृष्ण थारु र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्रीधर सुवेदीलाई उम्मेदवार सिफारिस गरिएको छ ।

कोहलपुर–६ मा दलले अहिले निर्वाचन परिचालन कमिटी, प्रचारप्रसार कमिटी, टोल कमिटी निर्माण गरेर चुनावी गतिविधिलाई तीव्र बनाएका छन् । राजनीति दलपिच्छे भेला, बैठक, छलफल लगायतका कार्यक्रम भइरहेका छन् । निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्नका लागि दलले सबै रणनीति तय गरिरहेका छन् ।

उम्मेदवार सिफारिस भएसँगै निर्वाचन आफ्नो पक्षमा पार्न दल चुनावी अभियानमा सक्रिय भएका छन् । वडाध्यक्ष पदका लागि आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा नेपाली काङ्ग्रेसलाई आफ्नो पुरानै विरासत जोगाउने लयमा छ भने नेकपा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्दै काङ्ग्रेसको विरासत भत्काउने दाउमा छ ।

तेस्रो ठूलो दलका रुपमा रहेको राप्रपाले दुई ठूला दलबीच कडा प्रतिस्पर्धा हुने र त्यही बीचबाट आफ्नो जीत निकाल्ने दाउमा रहेको छ । गत निर्वाचनमा एक हजार ९६४ मतदाता रहेको वडामा अहिले दुई हजार २६ मतदाता पुगेका छन् । गत निर्वाचनमा काङ्ग्रेसका उम्मेदवार रामसोहन थारु ४२४ मत प्राप्त गरी विजयी हुनुभएको थियो ।

विसं २०७५ मङ्सिर ९ गते उहाँको निधनपछि सो वडामा उपनिर्वाचन हुन लागेको हो । सो वडाबाट तत्कालीन नेकपा एमालेका उम्मेदवार श्रीराम थारुले ३५२ मत र तत्कालीन नेकपा माओवादी केन्द्रका रामशरण थारुले २७३ मत प्राप्त गर्नुभएको थियो । पार्टी एकीकरणपछि दुवै पार्टीको मत जोडिएकाले यसपटकको उपनिर्वाचनमा जीत सुनिश्चित रहेको नेकपाको दाबी छ ।

अघिल्लो निर्वाचनमा राप्रपाका नेपबहादुर वली र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका सुभाखर पोखरेलले क्रमशः ८७ र ५६ मत ल्याउनुभएको थियो । “पार्टी एकीकरणपछि हाम्रो मत करीब २०० को अन्तरले बढेको छ, नयाँ मतदाता पनि धेरै नेकपाकै हुनुहुन्छ”, कोहलपुर नगर कमिटीका अध्यक्ष वसन्ती अधिकारीले भन्नुभयो ।

वडा नं ६ मा थारु र मधेशी बाहुल्य गाउँमा सैद्धान्तिक मत कम रहेकाले मतदातालाई आफ्नो पक्षमा पार्ने चुनौती रहेको नगर अध्यक्ष अधिकारीको भनाइ छ । उहाँले भन्नुभयो, “थारु र मधेशी बाहुल्य गाउँमा सैद्धान्तिक र वैचारिक मत निकै कम छ । यो मत कसको पक्षमा कसरी जान्छ भन्ने थाहा नै हुँदैन । तर हामी हाम्रो पक्षमा पार्छौं ।”

सरकारका लोकप्रिय र जनमुखी कार्यक्रमकै कारण मतदाता नेकपाका पक्षमा रहेकाले जीत सुनिश्चित भएको नगर अध्यक्ष अधिकारीको दाबी छ । “सरकारले ल्याएको विकास र आर्थिक समृद्धिका कारण जनलहर नेकपाको पक्षमा छ । कोहलपुरमा नेकपाकै प्रमुख भएकाले विकासका काम तीव्ररुपमा भएका छन्, यो पनि जीतको आधार हो”, उहाँले भन्नुभयो ।

नेपाली काङ्ग्रेस कोहलपुर नगरपालिकाका नगर सभापति बलराम शर्माले नेकपा एकीकरणपछि विगतको भन्दा केही चुनौती देखिए पनि काङ्ग्रेसको जीत सुनिश्चित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “तत्कालीन मधेशी जनाधिकार फोरमका उम्मेदवार हाम्रो पार्टीमा आइसक्नुभएको छ । यसले पनि हाम्रो जित्ने आधार झन् बलियो बनेको छ ।”

तत्कालीन मधेशी जनाधिकार फोरमबाट प्रमुखको उम्मेदवार बनेका फूलाराम थारुले गत निर्वाचनमा वडा नं ६ बाट ११४ मत प्राप्त गर्नुभएको थियो । फूलाराम र रामसोहनले ल्याएको कूल ५३८ मत छ । यो तथ्याङ्कअनुसार नेकपा र काङ्ग्रेसको मतान्तर ८७ देखिन्छ । तर, सो वडामा थारु मत धेरै रहेकाले काङ्ग्रेस निर्वाचन जित्नेमा ढुक्क देखिएको छ ।

सो वडामा थारु मतदाता एक हजार २६ रहेका छन् भने अन्य समुदायका एक हजार मतदाता छन् । “थारु समुदायबाट बलियो उम्मेदवार छनोट गरेकाले निर्वाचन परिणाम सहजै हाम्रो पक्षमा आउँछ”, नगर सभापति बलरामले दाबी गर्दै भन्नुभयो । तत्कालीन नेकपा एमालेबाट उम्मेदवार बनेका श्रीराम थारुका भाइ कृष्ण थारु अहिले काङ्ग्रेसबाट उम्मेदवार बन्नुभएको छ ।