७ श्रावण २०८३, बिहीबार
,
Latest
दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्छः संयाेजक दाहाल देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा नापतौलयन्त्र नवीकरण नगर्ने र उपभोक्ता ठग्ने ६ हजार प्रतिष्ठान कारबाहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी



कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी-मन्तव्य कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी शुक्रबार निर्वाचन आयोग नेपालद्वारा आयोजित प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को केन्द्रीय समीक्षा कार्यशाला उद्घाटन कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिरः प्रदीपराज वन्तर/रासस
अ+ अ-

काठमाडाैँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले २०८२ साल फागुन २१ को निर्वाचनमा नेपालको इतिहासमा विशेष रुपमा अंकित हुने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले उक्त निर्वाचन विद्रोहपछि निर्धारित ६ महिनाभित्र शान्तिपूर्ण रुपमा सम्पन्न हुनसक्नु चानचुने उपलब्धि भएको पनि उल्लेख गर्नुभयो ।

उहाँले नेपालको उक्त निर्वाचनलाई विश्वभरबाट सुक्ष्म ढंगले अध्ययन, विश्लेषण गरेर नियाली रहेको र विद्रोहपछि ६ महिनाभित्र निर्वाचन सम्पन्न हुँदो रहेछ भन्नेमा विश्वस्त भएको दाबी समेत गर्नुभयो । निर्वाचनप्रति प्रारम्भिक संशय, निषेधको राजनीति, सुरक्षा व्यवस्था सम्बन्धि चुनौति तथा निर्वाचनको वातावरण निर्माणसँग सम्बन्धित विभिन्न जटिलताका बाबजुद आयोगले संविधान र कानूनले दिएको जिम्मेवारी केन्द्रमा राखि सबै सरोकारवाला पक्षहरुसँग निरन्तर समन्वय र सम्वाद गर्दै निर्वाचन सम्पन्न गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाई छ ।

उहाँले भन्नुभयो,‘निर्वाचनप्रति प्रारम्भिक संशय, निषेधको राजनीति, सुरक्षा व्यवस्था सम्बन्धि चुनौति, तथा निर्वाचनको वातावरण निर्माणसँग सम्बन्धित विभिन्न जटिलताका बाबजुद आयोगले संविधान र कानूनले दिएको जिम्मेवारी केन्द्रमा राखि सबै सरोकारवाला पक्षहरुसँग निरन्तर समन्वय र सम्वाद गर्दै निर्वाचन सम्पन्न गरेको हो । नेपालको राजनीति तथा निर्वाचनको इतिहासमा गत वर्ष फागुन २१ गते सम्पन्न निर्वाचन विशेष रुपमा अंकित हुने अवस्था बनेको छ । विद्रोहपछि निर्धारित ६ महिना भित्र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न हुनसक्नु चानचुने उपलब्धि होइन । नेपालको यो निर्वाचनलाई विश्वभरबाट सुक्ष्म ढंगले अध्ययन, विश्लेषण गरेर नियाली रहेको र विद्रोहपछि ६ महिना भित्र निर्वाचन सम्पन्न हुँदो रहेछ भनेर विश्वस्त भएको अवस्था र स्थिति पनि हो । आयोगले उपलब्ध स्रोत साधनको अधिकत उपयोग गर्दैै निर्वाचनलाई मितव्ययी, प्रभावकारी, व्यवस्थिति रपमा सञ्चालन गर्न सफल भएको छ ।’

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन मितव्ययी रुपमा सम्पन्न गराउन पनि आयोग सफल भएको जिकिर गर्नुभयो ।