२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने



अ+ अ-

काठमाडाैँ । सडक विभागले सडक पूर्वाधार विकाससँगै वातावरणीय सन्तुलन र हरित प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

विश्व वातावरण दिवसको अवसरमा काठमाडौंमा वृक्षारोपण कार्यक्रममा विभागका महानिर्देशक डा. विजय जैसीले यस्तो जानकारी दिएका हुन् ।

महानिर्देशक डा. जैसीले विभागको जिम्मेवारी सडक निर्माणमा मात्र सिमित नरही जलवायु अनुकूलन (क्लाइमेट रेजिलेन्स) र हरित मार्ग निर्माणमा केन्द्रित रहेको बताए ।

सडकका वरपर हरियाली प्रवद्र्धन गर्न विभागको आफ्नै कार्यविधि रहेको उल्लेख गर्दै उनले पछिल्लो समय विश्व बैंक र एशियाली विकास बैंक (एडिबी) जस्ता दातृ निकायहरूले पनि हरित सडकको अवधारणालाई महत्वका साथ अघि सारेको जानकारी दिए ।

जैसीकाअनुसार काठमाडौं उपत्यकामा मात्र नभई देशभर नै यस्ता वातावरणमैत्री सडक निर्माण र हरियाली प्रवद्र्धनका कार्यक्रमहरू विस्तार गरिनेछ ।

महानिर्देशक जैसीले भने, “सडक विभागले केवल भौतिक पूर्वाधार मात्र बनाउने होइन, वातावरणलाई समेत ध्यान दिएर जलवायु अनुकूलनका आधारमा हरित मार्ग निर्माण गर्ने संस्कृतिलाई अघि बढाउँदै आएको छ । यो कार्यक्रमलाई हामीले एउटा ‘केस स्टडी’का रूपमा अघि बढाएका हौँ ।”

सडक डिभिजन काठमाडौँका प्रमुख एवं सिनियर डिभिजन इन्जिनियर सुवोधकुमार देवकोटाले विकास र वातावरणलाई परिपूरकका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

विकास निर्माणका क्रममा वातावरण ओझेलमा पर्ने गरेको विगतको अभ्यासलाई सुधार्दै अबका प्रत्येक सडक आयोजनामा वातावरणमैत्री अवधारणा अनिवार्य रूपमा लागू गरिने उनको भनाइ छ । आजमात्रै काठमाडौँका सडकमा करिव २ सय बिरुवा रोपेको बताए ।

डिभिजन प्रमुख देवकोटाले भने, “सडक निर्माण गर्दा विनाश मात्र हुन्छ भन्ने आम सन्देशलाई चिर्न हामीले वातावरणमैत्री सडक निर्माणको अभियान शुरु गरेका हौँ । यसै उपलक्ष्यमा आज हामीले करिव २०० बिरुवा रोपण गरेका छौँ र तिनको संरक्षणको जिम्मेवारी पनि लिएका छौँ ।”

विश्व वातावरण दिवसको सन्दर्भमा आयोजित यस कार्यक्रमले सडक पूर्वाधार र पर्यावरणबीच सन्तुलन कायम गर्दै दिगो विकासको लक्ष्य हासिल गर्न सघाउ पुग्ने विश्वास विभागले लिएको छ ।