७ श्रावण २०८३, बिहीबार
,
Latest
दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्छः संयाेजक दाहाल देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा नापतौलयन्त्र नवीकरण नगर्ने र उपभोक्ता ठग्ने ६ हजार प्रतिष्ठान कारबाहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य



अ+ अ-

काठमाडाैँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले युवावर्गलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।

उहाँले आज लुम्बिनी प्रदेशस्तरीय युवा सम्मेलन २०८३ को प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा उद्घाटन गर्दा बताउनुभएको हो ।

उहाँले नीति तथा कार्यक्रमका आधारमा आगामी बजेट तथा कार्यक्रम तर्जुमा गरिने उल्लेख गर्दै युवामैत्री योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताउने जानकारी दिनुभयो ।

मुख्यमन्त्री आचार्यले अधिकारको माग मात्र पर्याप्त नहुने भन्दै कर्तव्यप्रति सचेत हुन युवालाई आग्रह गर्नुभयो । नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पङ्गेनी, युनिसेफका प्रतिनिधि रिद्धि शर्मालगायतले युवाको सहभागिता, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका विषयमा धारणा व्यक्त गर्नुभएको थियो ।