६ श्रावण २०८३, बुधबार
,
Latest
प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारले विपक्षी दललाई समाप्त पार्ने मानसिकताबाट अघि बढ्न नहुने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सत्तामा पुगेपछि अर्को पक्षलाई पूर्ण रूपमा निषेध वा कमजोर बनाउने प्रवृत्ति लोकतान्त्रिक अभ्यासका लागि सही नहुने धारणा राख्नुभयो ।

पूर्वप्रधानमन्त्री कार्कीले प्रधानमन्त्री बालेन्द्र साह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुलाई इतिहासबाट पाठ सिक्दै अघि बढ्न सुझाव दिनुभयो । उहाँका अनुसार नयाँ पुस्ताका नेताहरूले विगतका अनुभव, राजनीतिक इतिहास र राज्य सञ्चालनको अभ्यासलाई मनन गर्न आवश्यक छ ।

उहाँले भन्नुभयो, युवा पुस्ता नेतृत्वमा आए पनि उनीहरूले दीर्घकालीन दृष्टिकोण राखेर मुलुक सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै “सबै पुस्ता समयसँगै परिवर्तन हुँदै जान्छ” भन्ने कुरा बुझ्नुपर्नेमा जोड दिनुभयो । साथै, सत्तामा पुगेपछि विपक्षीलाई पूर्ण रूपमा कमजोर पार्ने वा समाप्त गर्ने सोच लोकतान्त्रिक संस्कृतिसँग मेल नखाने उहाँको भनाइ थियो ।

कार्कीले राजनीतिक दलहरूबीच प्रतिस्पर्धा स्वाभाविक भए पनि त्यसलाई शत्रुतापूर्ण रूपमा होइन, सभ्य आलोचना र मार्गदर्शनका रूपमा लिनुपर्ने बताउनुभयो । विपक्षी दलले सरकारका कमजोरी औंल्याउने कार्यलाई ‘रचनात्मक भूमिका’ का रूपमा बुझ्नुपर्ने उहाँको धारणा थियो ।

उहाँले जनताले दिएको मतको सम्मान गर्दै सरकारलाई काम गर्न दिने वातावरण बनाउनुपर्नेमा पनि जोड दिनुभयो । साथै, सबै राजनीतिक दलहरूबीचको प्रतिस्पर्धाले नै मुलुकलाई अघि बढाउन मद्दत गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न गराउन भूमिका खेलेको भन्दै कायममुकायम प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको प्रशंसा पनि गर्नुभयो ।