१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डायलासिस गर्न प्रधानमन्त्री फेरि ग्रान्डी जाने



अ+ अ-

काठमाडौं । ग्रान्डीन्डी इन्टरनेशनल अस्पतालबाट उपचार गराएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको तेस्रो डायलासिस गरिने भएको छ। प्रधानमन्त्री ओलीलाई शनिबार फेरि चिकित्सकले बोलाएका छन् ।

‘शनिबार फलोअपका लागि प्रधानमन्त्रीलाई बोलाइएको छ,’ स्रोतले भन्यो,‘शनिबार उहाँको डायलासिस गर्नुपर्छ। इमर्जेन्सी पर्यो भने जतिबेला पनि गर्न पर्ने हुनसक्छ।’

यसअघि प्रधानमन्त्रीको दुई पटक डायलासिस भइसकेको छ। सातामा तीन पटक प्रधानमन्त्रीले डायलासिस गर्नु पर्ने भएको छ। डायलासिसको विकल्पमा पुनःमिर्गौला प्रत्यारोपणमा समेत जान सकिने स्रोतले बतायो।