१ असार २०८३, सोमबार
,
Latest
सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि रोजगार सेवा केन्द्र र निजी क्षेत्रबीच सहकार्य बढाउन सरोकारवालाको जोड अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह सुर्खेतमा सामुदायिक वनको रकम हिनामिना गरेकाे आरोपमा तीन जनाविरुद्ध अख्तियारको मुद्दा जेन-जी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचन : कांग्रेस बैठकले गर्यो उम्मेदवारको नाम छनोट



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि धरान उपमहानगरको प्रमुख पदका लागि उम्मेद्वार छनोट गरेको छ। कांग्रेसले प्रमुख पदका लागि तिलक राईलाई छनोट गरेको हो।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा बिपी स्मृति भवनमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो।

यता बैठकले कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेद्वार चयन गर्न पदाधिकारीलाई भनेको छ।

त्यस्तै बागलुङ निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा सदस्य, भक्तपुर १ र दाङ ३ को प्रतिनिधि सभा सदस्य चयन गर्नका लागि पदाधिकारीलाई अख्तियारी दिने निर्णय कांग्रेसले गरेको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलासहितको पदाधिकारीलाई उपनिर्वाचनको उम्मेदवार चयनको जिम्मेवारी दिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।




भर्खरै