१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा

अस्ट्रेलियासामु श्रीलंका निरिह, तीनै खेल अस्ट्रेलियाको कब्जामा

अस्ट्रेलियासामु श्रीलंका निरिह, तीनै खेल अस्ट्रेलियाको कब्जामा
अ अ+ अ-

मेलबाेर्नः अस्ट्रेलियाले श्रीलंकासँग तीन खेलको ट्वान्टी–२० क्रिकेट शृंखला क्लिनस्वीप गरेको छ । उच्च लयमा रहेका ओपनर ब्याट्सम्यान डेविड वार्नरले लगातार तेस्रो अर्धशतक प्रहार गरेपछि तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली अस्ट्रेलियाले ७ विकेटको जित हासिल गरेको थियो ।

मेलवर्न रंगशालामा शृंखला क्लिनस्वीप गर्नुअघि अस्ट्रेलियाले एडिलेडमा भएको पहिलो खेल १ सय ३४ रनले जितेको थियो । ब्रिसबेनमा ९ विकेटको जित निकाल्ने क्रममा ७ ओभरमात्र खेल्यो । तेस्रो खेलमा श्रीलंकाको ब्याटिङ सुस्त थियो । तर कुशल परेराले इनिङ्सको अन्त्यतिर उत्कृष्ट प्रदर्शन गर्दै ५७ रनको अर्धशतक बनाएपछि श्रीलंकाले ६ विकेट गुमाई १ सय ४२ रनको प्रतिस्पर्धात्मक योगफल खडा गरेको थियो । लासिथ मालिङगाको नेतृत्वमा रहेको श्रीलंकाली बलिङपंक्तिले सानदार अस्ट्रेलियाली ब्याटिङक्रममा कुनै असर पार्न सकेन । बल टेम्परिङ प्रकरणमा एकवर्षे प्रतिबन्धपछि पहिलोपल्ट अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला खेलेका वार्नरले तीन खेलमा २ सय १७ रन जोडे । सबैमा उनी अविजित रहे ।

डेभिड वार्नर (फाइल तस्वीर)

‘हामी लक्ष्यमा निकै सानदार रह्यौं,’ अस्ट्रेलियाली कप्तान आरोन फिन्चले भने, ‘पछिल्लो २ खेलमा हाम्रा बलरले जसरी खेल नियन्त्रणमा लिए, त्यो वास्तवमै सानदार थियो । हरेक खेलमा फरक चुनौती र माहोल हुन्छ । महत्त्वपूर्ण कुरा तपाईले कसरी आफ्नो शतप्रतिशत दिनुहुन्छ भन्ने नै हो । चाहे तयारीमा होस् या मानसिक रूपमा ।’

मेलबर्न क्रिकेट मैदानमा ओपनर फिन्च र वार्नरको क्याच इनिङ्सको सुरुमै ड्रप भएको थियो । यी दुईले पहिलो विकेटमा ६९ रनको साझेदारी गरे । ३ छक्का प्रहार गरेका फिन्च ३७ रनको स्कोरमा लाहिरू कुमाराको बलमा सेहान जयसूर्याको हातबाट क्याचआउट भए ।

त्यसपछि क्रिजमा आएका स्टिभ स्मिथले ९ बलमात्र खेल्न सके । उनी १३ रनको स्कोरमा डिपक्षेत्रमा क्याचआउट भए । सुरुआती दुई खेलमा क्रमशस् १०० र ६० अविजित इनिङ्स खेलेका वार्नर आफ्नो लयका लागि संघर्ष गरिरहेको क्रिजको माइक्रोफोनमार्फत सुनिएको थियो । तर उनले आफूलाई उही लयमा निरन्तरता दिन सके । ४४ बलमा अर्धशतक पूरा गरेका वार्नरले आउट नभई ५७ रन बनाएर टिमलाई जित दिलाए । उनलाई एस्टोन टर्नरले २२ रन बनाएर साथ दिए । अस्ट्रेलियाले १४ बलअगावै ३ विकेट क्षतिमा १ सय ४५ रन बनायो ।

अर्को वर्ष घरेलु मैदानमा आयोजना हुने ट्वान्टी–२० विश्वकपअघि अस्ट्रेलिया शीर्ष वरीयतामा आउन प्रयासरत हुनेछ । श्रीलंकाविरुद्धको यो क्लिनस्वीपले दक्षिण अफ्रिकालाई पछि पार्दै विश्व वरीयतामा तेस्रो स्थानमा उक्लने निश्चित भइसकेको छ । यो भन्दा ठूलो परीक्षण भने आइतबारदेखि सुरु हुनेछ । जहाँ उसले विश्व वरीयतामा शीर्षस्थानको पाकिस्तानविरुद्ध तीन ट्वान्टी–२० शृंखलामा पहिलो खेल खेल्दैछ ।

‘हामी स्तरअनुसार उत्रन सकेनौं । हामीले शतप्रतिशत खेल्न सक्दैनौं भने यस्तै नतिजाका लागि तयार हुनुपर्छ,’ श्रीलंकाका ओपनर निरोशान डिकवालाले भने, ‘हामीले यो शृंखलाबाट धेरै कुरा सिकेका छौं । तर हामीले राम्रो खेल्न सकेनौं ।’ फिन्चले टस जितेर श्रीलंकालाई ब्याटिङ गर्न निम्तो गरे । तर पाहुना टोलीले राम्रो सुरुआत गर्न सकेन । नियमित ओपनर दनुस्का गुणाथिलांकाको स्थानमा अवसर पाएका डिकवाला पहिलो बलमै आउट भए । कुशल मेन्डिस र परेराले केही आक्रामक बाउन्ड्री प्रहार गरे । केन रिचर्डसनको बलमा ठूलो शट खेल्ने चक्करमा मेन्डिस १३ रनको स्कोरमै डिप स्क्वायर क्षेत्रमा क्याचआउट भए ।

परेरा र अभिष्का फर्नान्डोले १० ओभरमा ६५–२ को स्थितिमा पुर्‍याए । यी दुईले ४३ रनको साझेदारी गरे । यो साझेदारी श्रीलंकाको शृंखलाकै ठूलो रह्यो । फर्नान्डो पनि २० रनको स्कोरमा प्याट कमिन्सको बलमा क्याचआउट भए । क्रिजमा आएका ओसादा फर्नान्डो पनि ६ रनको स्कोरमै आउट भए ।

तर परेराले आक्रामक शट खेल्दै श्रीलंकाको इनिङ्स उकास्न महत्त्वपूर्ण सहयोग गरे । उनले करिअरको छैटौं ट्वान्टी–२० अर्धशतक ३८ बलमा पूरा गरे । कमिन्सकै बलमा मिडअफमा एस्टोन टर्नरद्वारा क्याचआउट हुनुअघि उनले ५७ रनको योगदान गरे ।