३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

नेपाल घुम्दै राजदूतहरू

नेपाल घुम्दै राजदूतहरू
अ+ अ-

काठमाडौँ । नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर बडले हालै मात्र गोक्यो ताल, चोला पाससहित सगरमाथा आधार शिविरसम्मको पदयात्रा गरे। १२ दिने यात्रामा त्यस आसपासका तस्बिर उहाँले ट्विटरको आफ्नो आधिकारिक ‘ह्यान्डल’मार्फत निरन्तर ‘पोस्ट’ पनि गरिरहे । पदयात्रापछि उनले लेखे ‘कस्तो अविश्वसनीय अनुभव अनि कति सुन्दर देश ’ राजदूत बड मात्र होइन अन्य देशका राजदूत पनि पछिल्लो समय नेपालका फरक ठाउँहरू घुमघामका तस्बिर सामाजिक सञ्जालमा राखेको भेटिन्छन् ।

ट्विटरमा निकै सक्रिय नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी बेरीले गत हप्ता मात्रै आफ्नो पछिल्लो यात्रा पोखरामा गरे । अनि त्यहाँको बसाई आफूलाई अविश्वसनीय आराम दिएको उल्लेख गरे । त्यसअघि ल्हो मान्थाङ्सम्मको टे«किङ मात्र नभई काठमाडौँ उपत्यकाभित्रकै विभिन्न ठाउँमा नियमित घुमघामको अनुभवसहितका तस्बिर उनले ट्विटरमा राखेका छन् । त्यति मात्र नभई नेपालका मौलिक परिकार र संस्कृतिको अनुभव उनका ट्विटमा प्रायः भेटिने सामग्रीहरू हुन् ।

नेपालका लागि चीनका राजदूत होउ यान्छी पनि नेपाली कला, संस्कृतिसहितका पोस्ट आफ्नो ट्विटर ह्यान्डलबाट गरिरहन्छन् । उपत्यकाका फरकफरक ठाउँका घुमघामको तस्बिरसहित उनले ‘ मेरो मनमा नेपाल ! नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना ! ’ लेखेर दुई महिनाअघि गरेको ट्विट धेरै ट्विटर प्रयोगकर्ता नेपालीले मन पराए । सगरमाथा क्षेत्रमै गएर पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा योग गरिरहेको तस्बिरसहित नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले आफ्नो पहिलो ट्विट गरे ।

उनको उक्त ट्विटलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत रिट्विट गरेका थिए । त्यसबाहेक ल्हो मान्थाङ्सम्म पुगेको अनभुव पनि राजदूत पुरीसँग छ । कार्यकालको अन्तिमतिर रहनुभएका नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रिचार्ड मोरिसले आफ्नो नेपाल बसाईको सम्झनास्वरूप घुमघाम अनुभवका तस्बिरलाई राखे । त्यसअघि दशैँ बिदाको उपयोग अन्नपूर्ण संरक्षण क्षेत्रको टे«किङ गरेर बिताएको उनले उल्लेख गरेका छन् । त्यति मात्र हैन नेपाल घुमघामका लागि बेलायती नागरिकलाई आवश्यक तयारीको सुझावसहितको आधिकारिक ‘लिङ्क’ पनि उनले त्यसमा समेटेका थिए ।

गत बिहीबार मात्रै फिजीका लागि बेलायती राजदूतका रूपमा नियुक्त भएका मोरिसले आफ्नो ट्विट ह्यान्डलमार्फत नेपालका मौलिक परिकार र संस्कृतिसहितका तस्बिर पोस्ट गरेका छन् ।नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दीपकराज जोशी नेपालको पर्यटन प्रवद्र्धनमा राजदूतहरूको यस्तो सक्रियता निकै सहयोगी हुने बताउछन्। यस्तो घुमघामले उनीहहरूलाई नेपालबारे थप बुझ्न सहयोग पुर्याउँछ, उनले भने, यस्तो बुझाइले सम्बन्धित क्षेत्रमा आवश्यक सहयोग जुटाउन पनि सहयोग गर्छ । यस्तो घुमघामले विश्वमा नेपालको फरक अनुभव प्रस्तुत गर्ने र त्यसले भ्रमण वर्षको प्रवद्र्धनमा पनि सहयोग पुर्याउने उनको बुझाइ छ ।

राजदूतहरूको ट्रेकिङ लगायतका विभिन्न पर्यटकीय गतिविधि सम्बन्धित देशका नागरिकलाई नेपाल भित्राउन राम्रो सन्देश हुने टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी बताउछन् । ‘राजदूतहरूको घुमघामले सम्बन्धित देशका नागरिकलाई नेपाल घुम्न जानुपर्छ भन्ने पे्ररणा हुनसक्छ, उनले भने । यसबाहेक ट्रेकिङमा संलग्न सम्बन्धित कम्पनीलाई पनि आफ्नो व्यवसाय विस्तारको अवसरका रूपमा रहने उनले बताए ।

सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरी २० लाख पर्यटक ल्याउने लक्ष्य राखेको छ । यसै सन्दर्भमा जनवरीको पहिलो हप्ता सम्भव भएसम्म नेपालको कूटनीतिक उपस्थिति भएका देशका पर्यटन मन्त्रीलाई समेत नेपाल ल्याउने योजना सरकारको छ । यसै सन्दर्भमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्बन्धित देशका नेपालका लागि राजदूतहरूसँग छलफल पनि गरिरहेको छ । गोरखापत्र दैनिकबाट