३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु २१ किलो गाँजासहित एक जना पक्राउ मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु -तस्बिरसहित रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै महामहोत्सव



अ+ अ-

बैतडी । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बैतडीमा राष्ट्र निर्माण महामहोत्सवको आयोजना गरिने भएको छ । महामहोत्सव पञ्चेश्वर गाउँपालिकाको आयोजनामा यही कात्तिक २१ गतेदेखि शुरु हुनलागेको हो ।

पर्यटन वर्ष २०२० लाई सफल पार्नका लागि गाउँपालिकालगायत जिल्लाभरिका धार्मिक पर्यटकीय तथा प्राकृतिक रमणीय स्थानहरुको प्रचार–प्रसार गरी यी ठाउँहरुलाई विश्वभर चिनाउन महोत्सवको आयोजना गरिएको पञ्चेश्वर गाउँपालिकाका प्रवक्ता दशरथ मङ्गोलाले जानकारी दिए । समग्र बैतडीकोे औद्योगिक विकासका लागि लोककल्याणकारी ट्रष्ट महाअभियानअन्तर्गत महोत्सवको आयोजना गरिएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालयको रु २५ लाख सहयोग रहने र बाँकी रकम गाउँपालिका व्यहोर्ने उनले बताए । महोत्सवमा विभिन्न विशिष्ट व्यक्तित्वको पनि उपस्थिति रहने जनाएको छ । बैतडीको पञ्चेश्वरमा गुमनाम रहेका पञ्चेश्वर धाम, देवताल, गणमेश्वर धामलगायतको विकाससँगै औद्योगिक ग्राम विस्तारका लागि महोत्सवबाट सहयोग पुग्ने विश्वास लिइएको छ ।

यसका साथै जिल्लाका अन्य स्थानका पनि धार्मिक तथा पर्यटकीय स्थानको पनि तस्वीर प्रदर्शनीमा राखिने जनाइएको छ । लोक कल्याणकारी राष्ट्र निर्माण ट्रष्ट सेवाको संयोजनमा हुने महोत्सव मङ्सिर २ गतेसम्म सञ्चालन हुनेछ ।