१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा

जडीबुटी निकासीमा प्रतिबन्ध हटेपछि व्यवसायी उत्साहित

जडीबुटी निकासीमा प्रतिबन्ध हटेपछि व्यवसायी उत्साहित
अ अ+ अ-

राँझा । भारतले जडीबुटीे निकासीमा लगाउँदै आएको प्रतिबन्ध हटाएपछि नेपाली व्यवसायी उत्साहित भएका छन् । गत वर्षदेखि नेपालबाट निकासी हुने प्रमुख ३१ प्रकारका जडीबुटी भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा समावेश नगरिएकाले नेपाली जडीबुटी निकासी ठप्प हुँदै आएको थियो ।

भारत सरकारले गत महिना अक्टुवर १ मा भारतीय राजपत्रमा सूचना प्रकाशित गरेर जडीबुटी निकासीमा लगाइएको प्रतिबन्ध हटाइएको जानकारी गराएकाले नेपाली व्यवसायी उत्साहित भएको नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष मोहम्मद याकुब अन्सारीले बताउनुभयो ।

नेपाल र भारतका प्लान्ट क्वारेन्टाइनका उच्च अधिकारीबीच काठमाडौँमा गत भदौमा भएको बैठकमा भारतीय क्वारेन्टाइनले सूचीकृत नगरेका जडीबुटीमध्ये ३१ प्रकारका जडीबुटीलाई तत्काल सूचीकृत गर्ने सहमतिबमोजिम भारत निकासी हुने जडीबुटीलाई सूचीकृत गरिएको सङ्घका अध्यक्ष अन्सारीले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी भारत निकासी हुने ३१ प्रकारका जडीबुटीमाथि लगाइएको प्रतिबन्ध हटाइएपछि अब फेरि पहिलेझैँ निकासी शुरु हुनेछ ।

“नेपालगञ्जमा लामो समयदेखि थन्किएको चार हजार टन जडीबुटीको निकासी प्रक्रिया शुरु भएको छ”, नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष अन्सारीले भन्नुुभयो, “प्रतिबन्ध हटेपछि अब फेरि पहिलेझैँ जडीबुटी व्यवसाय फस्टाउनेछ ।”

लामो समयदेखि निरन्तरको माग र प्रयासपछि भारत सरकारले राजपत्रमा सूचना जारी गरेर प्रतिबन्ध हटाएको जानकारी गराए पनि अझै केही जडीबुटीको प्रतिबन्ध फुकुवा नगरिएको अध्यक्ष अन्सारीले बताउनुभयो । भारतमा सबैभन्दा बढी निकासी हुँदै आएको रिठ्ठा, कुट्की, दालचिनी, पाखनवेद, चुत्रो बोक्रा, चुत्रो काठ, अमला, सिकाकाइ, पदमचाल, तेजपात, सुगन्ध कोकिला, अश्वगन्धा पाउडर, जटामसी मार्क, अमलवेद, टिमुर, सुगन्धवाल र क्यामोमाइललगायतमा लगाइएको प्रतिबन्ध हटेको छ ।

नेपालबाट निकासी हुने ३१ प्रकारका जडीबुटीलाई भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा समावेश गरिएसँगै नेपालगञ्जमा लामो समयदेखि थन्किएको चार हजार टन जडीबुटीको निकासी प्रक्रिया शुरु भएको व्यवसायी शकील अहमद जसगढले बताउनुभयो ।

नेपालगञ्ज नाकाबाट सबैभन्दा बढी जडीबुटी भारत तथा तेस्रो मुलुकमा निकासी हुने गर्दछ । नेपाल जडीबुटी व्यवसायी सङ्घको तथ्याङ्कअनुसार केही वर्ष पहिलेसम्म यो नाकाबाट वर्षेनी ७० लाख किलोसम्म जडीबुटी निकासी हुने गरेकामा हाल एक लाख किलो पुग्न पनि मुस्किल भएको थियो । प्रतिबन्ध फुकुवासँगै गोदाममा थन्किएको ठूलो परिमाणको जडीबुटी निकासी हुने आशामा व्यवसायी खुशी भएको व्यवसायी जस गढले बताउनुभयो ।