३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

नेकपाले गर्यो निर्वाचन परिचालन कमिटी गठन, को-को परे कमिटीमा

नेकपाले गर्यो निर्वाचन परिचालन कमिटी गठन, को-को परे कमिटीमा
अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. ३ की इन्चार्ज एवम् पार्टी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले भक्तपुरमा नेकपाले जनताको मन जित्न सफल भएकाले फेरि पनि नेकपाको नै जीत सुनिश्चित रहेको बताउनुभएको छ ।

नेकपा भक्तपुरले कमलविनायकमा आयोजना गरेको निर्वाचन परिचालन कमिटी गठन कार्यक्रममा बोल्दै उहाँले पार्टीका इमान्दार नेता हरिशरण लामिछानेको निधन भए पनि उहाँको योगदान, त्याग र निष्ठाको राजनीति जीवितै रहेकाले नेकपाको जीत सुनिश्चित रहेको बताउनुभयो ।

नेत्री शाक्यले पार्टीले जो सुकै व्यक्तिलाई टिकट दिए पनि व्यक्तिभन्दा पार्टी ठूलो भएकाले उम्मेदवारको विषयमा नअल्झी एकताबद्ध भएर चुनावी अभियानमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । प्रत्येक मतदातासँग जोडिएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले भक्तपुरमा यसपटक पनि चुनाव जित्नेमा पार्टी ढुक्क भएको बताउनुभयो ।

कार्यक्रममा सांसद महेश बस्नेतले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा नेकपाको उम्मेदवार विजयी हुनेमा दुईमत नरहेको बताउँदै विपक्षीको गलत चलखेललाई निस्तेज पारेर नेकपा अगाडि बढ्ने बताउनुभयो । उहाँले सरकारले गरेका राम्रा कामबारे प्रचार गर्न नसक्दा विरोधीले जनतामा भ्रम फैलाउन खोजेको बताउँदै जनतालाई सरकारले गरेका जनमुखी कामबारे जानकारी दिँदै अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश नं। ३ का पार्टी सह–इन्चार्जलगायतका पदाधिकारी, भक्तपुर जिल्ला कमिटीका इन्चार्ज दिलीप प्रजापति, सहइन्चार्ज सोम मिश्र, भक्तपुरबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपा सांसद, भक्तपुरमा रहेका नेकपा प्रदेश नं। ३ का सदस्य, नेकपाबाट जिल्लामा निर्वाचित जनप्रतिनिधिको उपस्थितिमा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

कार्यक्रमका सभापति एवम् नेकपा भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको जानकारी दिनुभयो । चुनाव प्रचार समिति, व्यवस्थापन समिति, आर्थिक समिति, युवा समिति, मञ्च व्यवस्थापन समिति, ¥याली व्यवस्थापन समितिलगायत विभिन्न समिति गठन गरिएको छ । पार्टीले उम्मेदवारका लागि रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ, डिपी ढकाल र नारायणी फुँयालको नाम केन्द्रीय कमिटीमा सिफारिस गरेको छ ।