४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुंगियो युवा संघको एकीकरण, कुन जिल्ला कसको भागमा पर्यो ?



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले मातहतका जिल्ला कमिटीको एकीकरण प्रक्रिया टुंग्याएको छ । शनिबार बसेको बैठकले ७७ वटै जिल्लाको एकीकरण टुृंग्याएको हो ।

आइतबार विज्ञप्ति जारी गर्दै तत्कालिन एमाले निकटले ४२ जिल्ला र माओबादी निकटले ३५ जिल्लाको अध्यक्ष पाउने गरि भागबण्डा टुंगिएको छ । त्यसैगरि जिल्ला इन्चार्जमा तत्कालिन एमाले सम्बद्धलाई ३५ र माओबादी सम्बद्धलाई ४२ जिल्ला दिइएको छ ।

युवासंघका संयोजक रामप्रसाद सापकोटाले जिल्ला, महानगर र उपमहानगरपालिकाको नेतृत्व टुंगिएको बताए । यद्यति, नेतृत्वमा को रहने भन्नेबारे भने टुंग्याइएको छैन । उहाँकाअनुसार बरिष्ठता र सक्रियताका आधारमा नेतृत्वको टुंगो पनि एक हप्ताभित्र लगाइने छ ।