१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सकिएन महराको थुनछेक बहस, सोमबार फेरि हुने



अ+ अ-

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराको आइतबार सुरू भएको थुनछेक बहस सोमबार पनि हुने भएको छ। जिल्ला अदालत काठमाडौंमा महरालाई थुनामा पठाएर मुद्दा अघि बढाउने वा थुनामुक्त गरेर भन्नेबारे बहस सुरू भएको थियो।

बन्द इजलासमा भएको बहसमा सरकारी पक्षबाट आज चार जना सरकारी वकिल सहभागी भए भने महराकोतर्फबाट पाँच जना वकिलल बहस गर्दैछन् ।

संसद सचिवालयकी एक कर्मचारीलाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा पक्राउ परेका महराको बयान शुक्रबार सकिएको थियो । समय अभाव भएपछि आइतबारबाट मात्रै थुनछेक बहस सुरु भएको थियो ।

अब थुनछेक बहस सकिए पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा तारेखमा रिहा गर्नेमध्ये एक आदेश अदालतले सुनाउने छ ।