३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित श्री जनप्रिय आधारभूत विद्यालयको भवन पुनर्निर्माण गरी हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित श्री जनप्रिय आधारभूत विद्यालयको भवन पुनर्निर्माण गरी हस्तान्तरण
अ+ अ-

काठमाडौं: सिद्धार्थ बैंक लिमिटेडको आर्थिक सहयोगमा नवनिर्मित कर्णाली प्रदेश, रुकुम पश्चिम जिल्ला, सानीभेरी गाउँपालिका वडा नं. १, भण्डारवनस्थित श्री जनप्रिय आधारभूत विद्यालयकोे भवन (सुलभ पहुँचयुक्त शौचालय सहित) आज समुद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

वि.सं. २०८० साल कार्तिक १७ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयको भवनको पुनर्निर्माण कार्य सम्पन्न गरी बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले भवनको समुद्घाटन गरी विद्यालयका प्रधानाध्यापक  हस् बहादुर खड्काज्यूलाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो ।

विद्यालयमा आयोजित उक्त कार्यक्रममा बैंकका प्रमुख मार्केटिङ्ग अधिकृत सुरेश राज महर्जन, कर्पोरेट बैंकिङ्ग प्रमुख  प्रशन्न खड्का, लघु साना तथा मझौला उद्यम बैंकिङ्ग प्रमुख प्रदिप पन्त, मुसिकोट शाखा प्रबन्धक  धर्मनन्द अवस्थी, सानीभेरी गाउँपालिकाका अध्यक्ष
विर्ख बहादुर विष्ट, उपाध्यक्ष कमला रोका पुन, सानीभेरी गाउँपालिका वडा नं. १ का अध्यक्ष  टेक बहादुर पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  गगन बहादुर खड्का, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले विद्यालय भवन निर्माण केवल भौतिक संरचना निर्माणमा सीमित नभई भूकम्पपछिको पुन:स्थापना, बालबालिकाको सुरक्षित भविष्यप्रतिको प्रतिबद्धता तथा गुणस्तरीय शिक्षा मार्फत समाज रूपान्तरण गर्ने साझा संकल्पको प्रतिक भएको बताउनुभयो ।

विद्यालय केवल शैक्षिक पठनपाठनको स्थान मात्र नभई बालबालिकाको भविष्य निर्माण गर्ने महत्वपूर्ण आधारभूमि हो । आजको बालबालिका नै भोलिको
समृद्ध राष्ट्र निर्माणका आधार हुन्, त्यसैले उनीहरूलाई समयसापेक्ष, गुणस्तरीय र समावेशी सीप, ज्ञान र नैतिक मूल्यमा आधारित शिक्षाद्वारा सक्षम बनाउनु भविष्य निर्माण तर्फको पहिलो र महत्वपूर्ण पाइला हुने विश्वासका साथ बैंकले भवन निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरेको हो ।

उक्त नवनिर्मित भवनले विद्यार्थीहरूमा सुरक्षित र गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्दै शिक्षण– सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउनुका साथै नियमित पठनपाठनको निरन्तरता र समग्र शैक्षिक वातावरण सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास बैंकले लिएको छ ।

बैंकले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पुर्‍याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको छ ।