१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमाथि बंगलादेशको पहिलो ऐतिहासिक जित, भारत सात विकेटले पराजित



अ+ अ-

नयाँदिल्लीः भारतको नयाँदिल्लीमा खेलिएको पहिलो टी२० क्रिकेट प्रतियोगितामा बंगलादेशका कप्तान मुस्फिकर रहिमको शानदार पालिका कारण भारत सात विकेटले पराजित भएको छ ।
टस हारेर पहिले ब्याटिङकाे निम्तो पाएको भारतले छ विकेटको क्षतिमा १४८ रनको मध्यम स्कोर बनाएको थियो । भारतका लागि शिखर धवन (४१), केएल राहुल (१५), एसएस ऐयर (२२) र रिषभ पन्त (२७) ले मात्र महत्वपूर्ण रन बनाएका थिए । भारतका नियमित कप्तान विराट कोहली र अन्य अनुभवी बलर बिना नै मैदानमा उत्रेको थियो । भारतीय टिमको कप्तानी रोहित शर्माले गरेका थिए ।
जितका लागि १४९ रनको लक्ष पछ्याएको बंगलादेशले सन्तुलित प्रदर्शन गरेको थियो ।

बंगलादेशका लागि सर्वाधिक रन बनाएका मुस्फिकरले ६० रनको महत्वपूर्ण योगदान दिएका थिए । उनले खेलको १९ औं ओभरमा भारतीय बलर खलिल अहमदको बलमा लगातार ४ चौका प्रहार गरेर जितको आधार तयार पारेका थिए । मुस्फिकरले कूल ८ चौका र १ छक्का प्रहार गरेका थिए ।
प्रारम्भिक ब्याट्सम्यान लिटन दासले ७ र मोहम्मद नाइमले २६ रन बनाएका थिए भने सौम्य सरकारले २ छक्का र १ चौकाको मद्दतले ३९ रनको महत्वपूर्ण पालि खेलेका थिए । बंगलादेशका महमदुल्लाहले १ छक्का र १ चौकाको मद्दतले १५ रन बनाएका थिए । खेलमा बंगलादेशका कप्तान मुस्फिकर प्लेयर अफ द म्याच घोषित भएका थिए ।
बंगलादेशले भारतमाथि यो पहिलो टी२० प्रतियोगिता जितेको हो ।
यो जितसँगै तीन खेलको यो शृंखलामा बंगलादेश १० ले अघि बढेको छ । अन्य दुई खेल राजकोटमा नोभेम्बर ७ मा र नागपुरमा नोभेम्बर १० मा हुनेछन् ।