७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठूला ‘जुवाडे’ लाई सम्पत्ति शुद्धीकरणले छानबिन गर्ने



अ+ अ-

काठमाडौं । दुई करोड ६७ लाख नगदसहित पक्राउ परेका जुवाडे र कम तौल दिएर ग्राहक ठगी गर्दै आएका निर्माण सामग्री व्यवसायीहरूको सम्पत्ति छानबिन हुने भएको छ । उनीहरूले अवैध रूपमा करोडौँ सम्पत्ति कमाएको प्रारम्भिक छानबिनमा देखिएपछि पक्राउ परेकाहरूलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउने प्रहरीको तयारी छ । गत ९ कात्तिकमा प्रहरीले महाराजगन्जस्थित एक घरमा कौडा खेलिरहेको अवस्थामा २५ जनालाई पक्राउ गरेको थियो ।

प्रहरीले खालबाटै दुई करोड ६७ लाख रुपैयाँ बरामद गरेको थियो, जुन जुवाबाट बरामद भएको अहिलेसम्मकै ठूलो परिमाणको रकम हो । यति धेरै पैसा उनीहरूले अवैध रूपमै कमाएकाले त्यसलाई जफत गरेर उनीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने निष्कर्षमा प्रहरी पुगेको हो । पक्राउ परेकाको पैसाको स्रोतको छानबिनका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग समन्वय भइरहेको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी उमेश लम्सालले बताए ।

जुवालगायत अवैध गतिविधिबाटै उनीहरूले करोडौँ सम्पत्ति आर्जन गरेको आशंकामा छानबिनका लागि पठाउन लागिएको हो । प्रहरीले जुवा खेलाउने विक्रम गौतमसहित रामकृष्ण केसी, इन्द्रबहादुर श्रेष्ठ, रञ्जन भण्डारी, अशोक श्रेष्ठ, सीताराम खड्का, रोशन तामाङ, कृष्णहरि भण्डारी, शोभित सिलवाल, सोहेल कार्की, पवनकुमार गुप्ता, गेल्जे लामा, पवित्रकुमार कार्की, बलराम सापकोटा, धावा लामा, मुक्ति लामा, शम्भुबहादुर बुढाथोकी, प्रेम थापामगर, बुद्ध लामा, साङ्बु शेर्पा, होमप्रसाद चौलागाईं, श्रवणकुमार गोयल, लक्ष्मण तामाङ, प्रदीप बोगटी, श्यामप्रसाद पराजुलीलाई पक्राउ गरेको थियो ।

उनीहरूमध्ये कतिपय विगतमा पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न व्यक्ति हुन् । आपराधिक गतिविधिबाट आर्जन गरेको सम्पत्तिको छानबिन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गर्दै आएको छ ।ट्रक नै ‘मोडिफाई’ गरेर तोकिएभन्दा कम तौलको सामान बेचेर ठगी गरको आरोपमा पक्राउ परेका २३ जना निर्माण सामग्री व्यवसायीको पनि सम्पत्ति छानबिन सुरु भएको छ ।

इँटा, गिट्टी, बालुवा, चिप्स तथा ढुंगाजस्ता निर्माण सामग्री बिक्रीमा ढुवानी गर्ने ट्रक तथा टिपर नै मोडिफाई गरी कम परिमाण दिएर तिनले ग्राहक ठगेको आरोपमा गत १ कात्तिकमा पक्राउ परेकाहरू प्रहरी हिरासतमै छन् । उनीहरूले त्यसरी करोडौँ सम्पत्ति आर्जन गरेको प्रहरीले जनाएको छ । ढुवानी गर्ने मिनिट्रकहरूमा पाँच इन्चसम्मको फलाम र काठको बक्स राखी परिमाण कम गरी ठगी गरेको भन्दै महानगरीय अपराध महाशाखाले उनीहरूलाई पक्राउ गरेको थियो । नयाँ पत्रिका दैनिकबाट