७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालबाट फर्किएका प्रधानमन्त्री ओली झन् सक्रिय



अ+ अ-

काठमाडौं । मिर्गौलाले नियमित काम गर्न छाडेपछि डायलाइसिस सुरु गरेका प्रधानमन्त्री केपी ओली थप सक्रिय बनेका छन् । दुई दिन ग्रान्डी अस्पतालमा उपचार गराएर बिहीबार साँझ मात्रै निवास फर्किएका उनी शुक्रबारदेखि नै भेटघाटमा व्यस्त बने । शनिबार र आइतबार मन्त्रिपरिषद् र पार्टीका बैठकमा समेत सहभागी भए । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशका प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गर्योे ।

ओलीकै अध्यक्षतामा साँझ बसेको नेकपाको सचिवालय बैठकले १४ मंसिरमा हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगायो । प्रधानमन्त्री ओलीले शनिबार बिहान बसेको सचिवालय बैठकमा आफ्नो स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गरेका थिए । बैठकमा केहीबेर उम्मेदवार छनोटबारे पनि छलफल भएको थियो । त्यस्तै, शुक्रबार अर्का अध्यक्ष प्रचण्डसँग करिब एक घन्टा छलफल गरे । उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेकपा महासचिव विष्णु पौडेलसँग पनि उनले छलफल गरेका थिए।

त्यही दिन आफ्नो स्वास्थ्यबारे डा. दिव्या सिंह, अरुण सायमीलगायतको चिकित्सक टोलीसँग पनि परामर्श गरे । ‘उनी एग्रेसिभ रूपमा फटाफट काम अघि बढाउने पक्षमा छन् । क्याबिनेटबाट पनि केही नयाँ विकास निर्माणका आयोजना सुरु गर्ने निर्णय गर्ने तयारीमा हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘परिणाममुखी कामका लागि पछिल्लोपटक उहाँले मन्त्रीहरूलाई पनि गम्भीरतापूर्वक निर्देशन दिनुभएको छ ।’

बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएर बालुवाटार फर्कँदै गर्दा अस्पताल परिसरमा प्रधानमन्त्री ओलीले मुस्कानसहित आफू ‘फिट एन्ड फाइन’ रहेको बताएका थिए । दुई दिनयता पार्टी र सरकारको बैठकमा कम्तीमा डेढदेखि दुई घन्टासम्म छलफलमा सहभागी भइरहेका छन् ।

‘ताजा जनादेशसहित कम्युनिस्टको नेतृत्वमा नयाँ सरकार बन्न लागिरहेका वेला बिदा हुँदै गरेको शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश प्रमुखहरूको नियुक्ति गर्नु अनुचित मात्र होइन, त्यसबाट जनमतकै उपेक्षा भएको थियो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले सरकारको पछिल्लो निर्णयबारे प्रतिक्रिया दिँदै भने, ‘यो सरकारले अहिले त्यही गलत निर्णयलाई करिब दुई वर्षपछि सच्याएको हो ।’ नयाँ पत्रिका दैनिकबाट