११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड

सतर्कता केन्द्रको छड्के अनुगमन तीव्र, सार्वजनिक निकायमा सुशासन र जवाफदेहितामा जोड

सतर्कता केन्द्रको छड्के अनुगमन तीव्र, सार्वजनिक निकायमा सुशासन र जवाफदेहितामा जोड
अ अ+ अ-

काठमाडाैँ । राष्ट्रिय सतर्कता केन्द्रले मुलुकको सार्वजनिक प्रशासनलाई चुस्तदुरुस्त, प्रभावकारी र जवाफदेही बनाउने उद्देश्यले अनुगमन टोलीलाई थप सक्रिय बनाएको छ ।

सार्वजनिक संस्थाहरूमा हुने अनियमितता र भ्रष्टाचारजन्य कार्यको रोकथामका लागि आवश्यक छानबिन, अनुगमन, निगरानी, छड्के जाँच र अन्वेषण गर्ने जिम्मेवारी पूरा गर्ने क्रममा कन्द्रले आफ्नो अनुगमन टोलीलाई थप सक्रिय बनाएको हो । केन्द्रका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टले वर्तमान सरकार गठन भएसँगै जारी भएको १०० बुँदे कार्यक्रममा उल्लेख भएबमोजिम मुलुकमा सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण तथा सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने क्रममा पछिल्ला दिनमा अनुगमनको कामलाई प्राथमिकता दिएको स्पष्ट गर्नुभयो ।

देशभरका सरकारी तथा अर्धसरकारी निकायसहित शैक्षिक प्रतिष्ठानहरूमा समेत अनुगमन गर्ने जिम्मेवारी रहेको सतर्कतासम्बद्ध टोलीले जेठ महिनामा दैनिक कम्तीमा १५ देखि २० वटा कार्यालय गई सङ्कलन गरेको विवरणका आधारमा नियम उल्लङ्घन गर्ने कर्मचारीलाई कारबाहीका लागि सम्बन्धित निकायलाई पत्राचार गर्ने गरेको प्रवक्ता भट्टले जानकारी दिनुभयो ।

अनुगमन टोलीलाई तोकिएको सार्वजनिक निकायमा पुगी त्यहाँ कार्यरत कर्मचारीको हाजिरी उपस्थितिसहित अनुशासन र उपयुक्त पोशाकसहित आफ्नो कार्यकक्षमा बसे, नबसेकोलगायतका विवरण सङ्कलन गरी प्राप्त कैफियतका आधारमा सच्चिनका लागि व्यवस्थापन पक्षलाई रायसुझाव दिने र सङ्कलित विवरण केन्द्रमा पेस गर्नुपर्ने जिम्मेवारी प्रदान गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रको रणनीतिअनुसार पछिल्ला दिनमा ‘छड्के’ अनुगमनको कामलाई तीव्रता दिएको स्पष्ट गर्दै प्रवक्ता भट्टले भन्नुभयो, “नेपाल सरकारको नीति तथा कार्यक्रमबमोजिम देशभरका सार्वजनिक निकायहरूमा उच्च प्राथमिकतासाथ अनुगमनको काम भइरहेको छ । यसले सुशासन, पारदर्शिता र जवाफदेहितासहित जनमुखी र सेवाग्राहीमैत्री कामकाजमा सघाउ पुर्याउने छ ।

राष्ट्रसेवक कर्मचारीसहित सम्बद्ध सबै पक्ष र क्षेत्रबाट यस अभियानमा साथ सहयोग प्राप्त हुने विश्वास लिएका छौँ ।” यसै सन्दर्भमा सतर्कता केन्द्रको टोलीले आज सिंहदरबारस्थित राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयमा छड्के अनुगमन गरी हाजिरी व्यवस्थापनको सन्दर्भमा कानुनमा नबाझिने गरी समाचार संस्थाको कार्यप्रकृतिअनुसार कार्यविधि बनाउन सुझाव दिएको छ । विभिन्न सिफ्टमा चौबीसै घण्टा काम गर्नुपर्ने र स्थलगत समाचार सङ्कलन गर्नुपर्ने ‘रासस’जस्तो संस्थाले तोकिएको कार्यअवधि नघट्ने र कामकाजमा असर नपर्नेगरी व्यावहारिक पक्षलाई समेत दृष्टिगत गरी कार्यविधि बनाएर अघि बढ्न सो टोलीले सुझाव दिएको हो ।