२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

जपानमा भालु आक्रमण तिव्र पछिल्लो आक्रमणमा चार जना घाइते



अ+ अ-

काठमाडाैँ । उत्तरपूर्वी जापानको फुकुसिमा शहरमा मङ्गलबार भालुले आक्रमण गर्दा चार जना घाइते भएको उल्लेख गर्दै घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको स्थानीय मिडियाले जनाएको छ ।

स्थानीय समय अनुसार विहान लगभग ६ः३० मा, फुकुसिमा शहरको एक निर्माण कम्पनीका दुई पुरुष कर्मचारीलाई एउटा भालुले आक्रमण गरेको स्थानीय प्रहरी र अग्नि नियन्त्रक विभागलाई उद्धृत गर्दै क्योडो न्यूजले रिपोर्ट गरेको छ ।

आक्रमण पछि भालु छिमेकी आवासीय क्षेत्रमा भागेर एउटा पसी घरमा ८० वर्षकी एउटी महिलालाई र अर्को कार्यालय भवनमा पसी ६० वर्षका पुरुष कर्मचारीलाई आक्रमण गरेको जनाइएको छ । प्रहरीले गत हप्ता देखि फुकुसिमा शहरको वरपर भालु देखिएको बताएको छ ।

भालु अझै पनि त्यस क्षेत्रमा रहेको बताउदै प्रहरी अधिकारीहरूले जनावरलाई गोली हान्ने अनुमति दिन र आपतकाल घोषणा गर्ने बारे विचार गरिरहेको जनाएका छन् ।