२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्व चुहावटको अभियोगमा भारतीय नागरिकमाथि मुद्दा दायर



अ+ अ-

भारत स्थायी ठेगाना भएको रितेश कुमार मधेसिया र निरज अग्रहरीलाई विदेशी विनिमय अपचलन तथा भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । मधेसियालाई रु ३३ करोड ३२ लाख विगो कायम गरी मुद्दा दायर गरिएको हो ।

मुलुकमा जाँदा र आउँदा प्रति व्यक्ति नेपाली रुपैया ५ हजार भन्दा बढी साथमा लैजान वा ल्याउन नपाउने नेपालको कानुन रहेता पनि निजहरुले भारी मात्रामा रकम भएकोे थाहा पाएपछि उनीहरुलाई पक्राउ गरी मुद्दा दायर गरिएको हो । उनीहरुले नेपाली रुपैया १६ करोड ६५ लाख ६९ हजार पाँच सय पैसठी रुपैंया बराबरको भारतबाट ल्याएका थिए ।

उनीहरुले भन्सार छली चोरी पैठारी गरी सो वापत नेपाली रुपैया संकलन गरी विविध प्रकृयाबाट नेपाल आउने विदेशी मुद्रा बराबरको रकम विभिन्न व्यक्तीहरुको खाताहरुमा जम्मा गरी राजस्व चुहावट गरेको पाईएको हो । उनीहरुले प्रयोगमा ल्याएका भारतीय मोटरसाइकलको पनि भन्सार महसुल राजस्व नतिरी बारम्बार नेपाल प्रवेश गरेको पाईएको छ ।