७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

भन्सार चोरी गर्ने भारतीय नागरिकमाथि मुद्दा दायर



अ+ अ-

भन्सार चोरी पैठारी गरेको अभियोगमा भारत विहार मोतिहारी जिल्ला मदनसिर्सियाग्राम बस्ने बर्ष ३८ का संजयकुमार सिंह विरुद्ध राजस्व अनुसन्धान विभागले पर्सा जिल्ला अदालतमा  मुद्दा दायर गरिएको छ । सिंहलाई ५६ लाख ६० हजार विगो कायम गरी मुद्दा दायर गरिएको हो । उनीहरुले २४ पोका कपडा भारत विहारबाट भन्सार चोरी पैठारी गरी ल्याएको थियो ।

पक्राउ पर्नेमा संजयकुमारसिंह, आलोक जैसवाल, राजेशकुमार श्रीवास्तव र नन्दकिशोर मल्ल रहेका छन् । उनीहरुले आपसी मिलेमतोमा भन्सार छली गरी सो समानरु अवैध रुपमा ल्याएका थिए । उनीहरुले भारतीय नम्बरप्लेटको ट्रक प्रयोग गरेको पाईएको छ ।

उनीहरु विरुद्ध हदैसम्मको जरिवाना तथा कैदसजायको मागदावी लिई पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।