११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड

युक्रेनमा रूसी आक्रमण नौ जनाको मृत्यु, दर्जनौँ घाइते

युक्रेनमा रूसी आक्रमण नौ जनाको मृत्यु, दर्जनौँ घाइते
अ अ+ अ-

काठमाडाैँ । युक्रेनमा भएको रूसी मिसाइल तथा ड्रोन आक्रमणका कारण नौ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोले नयाँ आक्रमण को तयारी गरिरहेको चेतावनी दिएको केही दिन पछि आक्रमण भएको जनाइएको छ ।

हाल घातक द्वन्द्व अन्त्य गर्ने वार्ता ठप्प रहेको छ भने सन् २०२२ मा आक्रमण सुरु गरे देखि मस्कोले युक्रेनमा लगभग हरेक दिन आक्रमण गर्दै आएको छ । युक्रेनको राजधानीमा धेरै विस्फोटहरू भएको उल्लेख गर्दै रूसले ब्यालेस्टिक मिसाइलहरू प्रहार गरी आगो लगाएको र धेरै जिल्लाहरूमा बिजुली कटौती गरेको एएफपिले बताएको छ ।

सहरका मेयर भिटाली क्लिट्स्कोले सामूहिक आक्रमणमा चार जनाको मृत्यु भएको र दुई बालबालिका सहित कम्तीमा ५८ जना घाइते भएको बताउनु भएको छ । सहरमा विस्फोट भई रहेको जनाउदै एयर डिफेन्स फोर्सले काम गरिरहेको र सुरक्षित स्थानमा बस्न क्लिट्स्कोले पहिले नै चेतावनी दिनु भएको थियो । किएभ सहरको केन्द्रबाट धुवाँको ठूलो मुस्लो निस्कदै गर्दा स्थानीय बासिन्दाहरू झोला र कम्बलहरू समातेर आश्रय स्थलहरूमा हतार– हतार जादै गरेको एएफपीले जनाएको छ ।

रूसले ब्यालेस्टिक मिसाइलले प्रहार गरिरहेको किएभको सिटी मिलिटरी एडमिनिस्ट्रेशनका प्रमुख तिमुर टाकाचेन्कोले पुष्टि गर्नु भएको छ । यसै गरी अन्य विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण भएको रिपोर्ट गरिएको थियो । डिनिप्रो सहरमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएको स्थानीय गभर्नर ओलेक्सान्डर गान्झाले बताउनु भएको छ ।

मेयर इगोर तेरेखोभका अनुसार खार्किव सहरमा एक बालकसहित दश जना घाइते भएका छन् । यसैबीच, युक्रेनी सीमा नजिकै रूसको कुस्र्क क्षेत्रमा भएको युक्रेनी आक्रमणमा एक व्यक्तिको मृत्यु भएको क्षेत्रीय गभर्नर अलेक्जान्डर खिन्स्टेनले बताएउनु भएको छ । एयर अलर्टहरू मार्फत आफ्नो जीवन बचाउन आग्रह गर्दै हवाइ सेवाहरू कुशलता पूर्वक काम गरिरहेको वायु सेना अन्य रक्षकहरू सधैँ जस्तै ड्युटीमा तैनाथ रहेको सुचना जारी गरिएको छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रूसी ब्यालेस्टिक मिसाइलहरूलाई रोक्न सक्ने प्याट्रियट मिसाइलहरूको आपूर्तिलाई अनुमति दिन र वित्त पोषण गर्न सहयोगीहरूलाई आह्वान गर्नु भएको छ । पछिल्लो समयमा युक्रेनले पनि दैनिक रूसी बमबारीको बदलामा कब्जा गरिएका क्षेत्रहरू र सिमावर्ति रूसी क्षेत्र माथि आक्रमण बढाएको जनाइएको छ ।