४ आश्विन २०८१, शुक्रबार
,
Latest
प्यालेस्टिनबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघबाट पारित, नेपाल तटस्थ बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा चौथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान सुनसान ‘रिहार’ धाम उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो देशभर मनसुनी वायुको प्रभाव कायम प्रधानमन्त्री ओली आज अमेरिका जाँदै, १० गते महासभालाई सम्बोधन बार्सिलोना मोनाकोसँग पराजित, आर्सनल र एटलान्टाको बराबरी
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको उम्मेदवारमा ढकाल, को हुन ढकाल ?



अ+ अ-

काठमाडौं । आगामी मङ्सिर १४ गते हुने प्रदेशसभा सदस्यका लागि भक्तपुर क्षेत्र नं १ (क)मा हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले देवीप्रसाद (डिपी) ढकाललाई उम्मेदवार चयन गरेको छ । उक्त दलको भक्तपुर जिल्ला सचिव रहनुभएका उहाँलाई सचिवालय बैठकले उम्मेदवार बनाएको पार्टीका जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो ।

यसअघि जिल्ला कार्यसमितिले उम्मेदवार ढकालका साथै रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ र महिलातर्फ नारायणी फुयाँलको नाम केन्द्रमा सिफारिस गरेको थियो । उहाँ पूर्वमाओवादी नेता हुनुहुन्छ । प्रदेशसभा सदस्यमा यसअघिको निर्वाचनमा उम्मेदवार ढकाल तात्कालीन नेकपा (माओवादी केन्द्र)का तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । यसैगरी सोही पदका लागि नेपाली काङ्ग्रेसले पनि १० जनाको नाम सिफारिस गरेकामा आजसम्ममा उम्मेदवार चयन हुने सम्भावना रहेको बताइएको छ भने नेमकिपा र अन्य दलले अहिलेसम्म कसैको नाम पनि सार्वजनिक गरेका छैनन् ।