६ श्रावण २०८३, बुधबार
,
Latest
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आग्रह राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महरालाई एक लाख धरौटीमा छोड्न अदालतको आदेश



अ+ अ-

काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दामा प्रतिवादी बनेका पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले सुन तस्करी प्रकरणसँग सम्बन्धित आरोपमा महरासँग एक लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको हो ।

विद्युतीय चुरोट (भेप) भित्र लुकाएर सुन तस्करी गरिएको घटनामा सहयोग गरेको आरोप महरामाथि लगाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमार्फत भएको उक्त तस्करीमा मिलेमतो भएको भन्दै महरा, उनका छोरा राहुल महरासहित २९ जनाविरुद्ध २६ चैत २०८२ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

घटना १० पुस २०७९ मा फ्लाई दुबईको उडानमार्फत आएको चिनियाँ नागरिक ली हाङ सोङले दुई वटा सुटकेस ल्याएको विषयसँग सम्बन्धित छ । ती सुटकेसभित्र ७३ वटा बट्टामा ७३० वटा इलेक्ट्रोनिक सिगरेट (भेप) भेटिएको र सोही भेपभित्र सुन लुकाएर ल्याइएको अख्तियारको दाबी छ ।

अनुसन्धान अनुसार शंकास्पद देखिएको सामानको उचित भौतिक जाँच नगरी तस्करीलाई सहज बनाइएको र भन्सार कर्मचारीहरूसँगको मिलेमतोमा प्रक्रिया कमजोर पारिएको आरोप छ ।

त्यसैगरी बरामद गरिएको सामानलाई गोदाममा सुरक्षित राख्नुपर्नेमा गलत उद्देश्यसहित भन्सार अधिकृतको कार्यकक्षमै राखिएको, साथै तस्करीमा संलग्न समूहसँग अस्वाभाविक भेटघाट र फोन सम्पर्क भएको दाबी पनि अख्तियारले गरेको छ ।

सुन तस्करी प्रकरणमा महरा सहितका प्रतिवादीमाथि अनुसन्धान र अदालती प्रक्रिया अघि बढिरहेको छ ।