२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विरोधका कारण प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभाको दोस्रो बैठक कार्यसूचीमै प्रवेश नगरी मंगलबारसम्मका लागि स्थगित गरिएको छ । सोमबार बसेको दोस्रो बैठकमा नेपाल–भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि बैठक स्थगित गरिएको हो ।

बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । लगातारको अवरोधका कारण सभामुख डोलप्रसाद अर्यालले संसद् कानून निर्माण गर्ने महत्त्वपूर्ण थलो भएकाले कार्य सञ्चालनमा सहयोग गर्न सांसदहरूलाई आग्रह गर्नुभएको थियो ।

सभामुख अर्यालले आजका लागि तय गरिएका सबै कार्यसूची हटाइएको जानकारी दिँदै सदन सञ्चालनमा सहजीकरण गर्न पुनः अनुरोध गर्नुभएको थियो । तर, विरोध कायमै रहेपछि संसद् बैठकलाई नियमित रूपमा अघि बढाउन नसकिने अवस्था बनेको हो ।

त्यसपछि सभामुखले संसद् बैठकमा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूबारे छानबिन समिति गठन गरिएको जानकारी गराउँदै बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको घोषणा गर्नुभएको थियो ।

,  सारियो