२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिम्पियाधुरा–लिपुलेक–कालापानी नक्सा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति महासचिव पोखरेलकाे आपत्ति



अ+ अ-

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रधानमन्त्री वालेन्द्र शाहबाट आइतबार प्रतिनिधसभामा व्यक्त केही विषयप्रति विमति जनाएको छ ।

पार्टी महासचिव शङ्कर पोखरेलले आज जारी गर्नुभएको विज्ञप्तिमा प्रधानमन्त्रीको अभिव्यक्ति ऐतिहासिक तथ्य, प्रमाण र नेपालको स्थापित राष्ट्रिय अडानविपरीत भएको जनाइएको छ ।

भूमि, सीमा र राष्ट्रिय स्वाधीनता सम्पूर्ण नेपालीको साझा सरोकारको विषय भएकाले यस्ता विषयमा संसद्बाट व्यक्त विचारले राष्ट्रिय एकता र नेपालको कूटनीतिक दाबीलाई कमजोर बनाउने उल्लेख गर्दै विज्ञप्तिमा २०७७ जेठ ७ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेको तथा उक्त नक्सालाई सङ्घीय संसद्ले सर्वसम्मत रूपमा अनुमोदन गरी संविधानको अनुसूचीमा समावेश गरिसकेको स्मरण गराइएको छ ।