११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काभ्रेपलान्चोकको बनेपा नगरपालिका बहुप्राविधिक शिक्षालयमा

काभ्रेपलान्चोकको बनेपा नगरपालिका बहुप्राविधिक शिक्षालयमा
अ अ+ अ-

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका कार्यालय बहुप्राविधिक शिक्षालयमा स्थान्तरण गरिने भएको छ ।

विसं २०८२ भदौ तेस्रो साता भएको ‘जेनजी’ आन्दोलनका क्रममा बनेपा नगरपालिका तोडफोड एवं आगजनी भएको थियो । बनेपा नगरपालिका काभ्रे जिल्लाको पुरानो नगरपालिका हो ।

हाल १० नं वडा कार्यालयबाट अस्थायी रुपमा नगर कार्यालय सञ्चालन हुँदै आएको क्षतिग्रस्त उक्त भवन पुनर्निर्माण नहुने भएपछि ५ नं वडास्थित नेपाल बनेपा बहुप्राविधिक शिक्षालयमा सारिन लागिएको हो । नगरको स्वामित्वमा रहेको जग्गमा स्थापित शिक्षालयका ती भवनलाई अस्थायी प्रशासकीय कार्यालयका रुपमा प्रयोग गर्ने तयारी गरेको बनेपा नगरपालिकाले जनाएको छ ।

शिक्षालयमा हाल प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)अन्तर्गत विभिन्न विषयमा तीनवर्षे स्नातक तहका तथा छोटो अवधिका सीपमूलक तालिम समेत सञ्चालन हुँदै आएका छन् ।

नगरप्रमुख शान्तिरत्न शाक्यले शिक्षालयको नियमित शैक्षिक गतिविधिमा कुनै अवरोध नपु¥याई नगरको प्रशासनिक कार्यालय सञ्चालन गर्न खोजेको बताउनुभयो । उहाँका अनुसार नगरले आगामी आर्थिक वर्षको सुरुआतदेखि शिक्षालयका भवनबाट नागरिकलाई सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । जेनजी आन्दोलनमा जिल्लाका १३ स्थानीय तहमध्ये सबैभन्दा बढी बनेपा नगर कार्यालयमा क्षति पुगेको थियो ।

नगर कार्यालयले भने स्थानीय सरकारको अधिकार प्रयोग गरी आफ्नो नाममा रहेको शिक्षालयको ८० रोपनी जग्गा र संरचनालाई मातहत ल्याउने निर्णय गरेको छ ।

निर्णयको चौतर्फी विरोध भएपछि नगरले ‘स्थानीय सरकारको अधिकार क्षेत्रभित्र रहेर सभाबाट नै पास गरी उक्त निर्णय गरेको’ स्पष्ट पार्दै आएको छ । नगरप्रमुख शाक्यले नगरसभाको निर्णयअनुसारनै शिक्षालयलाई पत्राचार गरेको बताउनुभयो ।

आन्दोलनका क्रममा कार्यालयमा करिब रु दश करोड बराबरको क्षति भएको नगर कार्यालयले गरेको प्राविधिक मूल्याङ्कनमा उल्लेख छ । बजेट व्यवस्थापन गर्न सकिए यसअघि बनाइएको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) अनुसार क्षतिग्रस्त भवन भत्काएर आठतले सुविधायुक्त नयाँ भवन बनाइने शाक्यले बताउनुभयो ।

उहाँका अनुसार जसमध्ये दुई तला भूमिगत पार्किङ रहनेछ । उक्त योजनाअनुसारको भवन निर्माण गर्न रु ८० करोड लाग्ने शाक्यले जानकारी दिनुभयो ।