२ श्रावण २०८३, शनिबार
,
Latest
ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार चीनको चोङकिङमा भीषण पहिरोः घरहरू पुरिए, सयौँ नागरिक फसेको आशङ्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र महोत्सव वीरगञ्जमा



अ+ अ-

वीरगञ्ज । नेपाल चलचित्र निर्माता सङ्घले चलचित्र उद्योग स्थापनाको ५३औँ वर्ष पूरा भएको अवसरमा यही कात्तिक २१ देखि २३ गतेसम्म वीरगञ्जमा चलचित्र महोत्सव गर्ने भएको छ ।

तराई, पहाड हिमालको उत्सव, नेपाली चलचित्र स्वर्णिम महोत्सव भन्ने नारा रहेको सो महोत्सवमा नेपाली भाषामा बनाइएका लोकप्रिय चलचित्रका साथै नेपालमै निर्माण गरिएका भोजपुरी भाषाका चलचित्र प्रदर्शन गरिनेछ ।

महोत्सवमा प्रदर्शन गर्नका लागि करीब छ वटा नेपाली भाषाका चलचित्रको छनोट कार्य भइरहेको सङ्घका अध्यक्ष आकाश अधिकारीले जानकारी दिनुभयो । वीरगञ्जको आदर्शनगरस्थित रङ्गशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गर्नुहुने उक्त महोत्सवमा चलचित्रसम्बन्धी कार्यशाला, अन्तक्र्रियाका साथै स्थानीय सांस्कृतिक पक्षलाई प्रवद्र्धन गर्न कार्यक्रम गरिनेछ ।

नेपाली भाषाका चलचित्रले तराईमा वर्चश्व कायम राख्न नसकेको अवस्थामा त्यहाँका दर्शकलाई चलचित्रभित्रका सांस्कृतिक पक्षबारे जानकारी गराउन महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकले जनाएका छन् । बलिउडका कलाकारको समेत सहभागिता रहने महोत्सवमा प्रदेश नं २ सरकार, भ्रमण वर्ष सन् २०२०, वीरगञ्ज महानगरपालिका, नेपाल चलचित्र विकास बोर्ड, वीरगञ्ज उद्योग वाणिज्य सङ्घलगायत संस्थाको सहयोग रहेको छ ।