१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र महोत्सव वीरगञ्जमा



अ+ अ-

वीरगञ्ज । नेपाल चलचित्र निर्माता सङ्घले चलचित्र उद्योग स्थापनाको ५३औँ वर्ष पूरा भएको अवसरमा यही कात्तिक २१ देखि २३ गतेसम्म वीरगञ्जमा चलचित्र महोत्सव गर्ने भएको छ ।

तराई, पहाड हिमालको उत्सव, नेपाली चलचित्र स्वर्णिम महोत्सव भन्ने नारा रहेको सो महोत्सवमा नेपाली भाषामा बनाइएका लोकप्रिय चलचित्रका साथै नेपालमै निर्माण गरिएका भोजपुरी भाषाका चलचित्र प्रदर्शन गरिनेछ ।

महोत्सवमा प्रदर्शन गर्नका लागि करीब छ वटा नेपाली भाषाका चलचित्रको छनोट कार्य भइरहेको सङ्घका अध्यक्ष आकाश अधिकारीले जानकारी दिनुभयो । वीरगञ्जको आदर्शनगरस्थित रङ्गशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गर्नुहुने उक्त महोत्सवमा चलचित्रसम्बन्धी कार्यशाला, अन्तक्र्रियाका साथै स्थानीय सांस्कृतिक पक्षलाई प्रवद्र्धन गर्न कार्यक्रम गरिनेछ ।

नेपाली भाषाका चलचित्रले तराईमा वर्चश्व कायम राख्न नसकेको अवस्थामा त्यहाँका दर्शकलाई चलचित्रभित्रका सांस्कृतिक पक्षबारे जानकारी गराउन महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकले जनाएका छन् । बलिउडका कलाकारको समेत सहभागिता रहने महोत्सवमा प्रदेश नं २ सरकार, भ्रमण वर्ष सन् २०२०, वीरगञ्ज महानगरपालिका, नेपाल चलचित्र विकास बोर्ड, वीरगञ्ज उद्योग वाणिज्य सङ्घलगायत संस्थाको सहयोग रहेको छ ।