५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक बस्दै



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मध्याह्न १२ः०० बजे विपक्षी दलहरुको बैठक बोलाउनुभएको छ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभाको बैठकमा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि उत्पन्न परिस्थितिबारे छलफल हुने उहाँको सचिवालयले बताएको छ ।

नेता आङ्देम्बेले बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूलाई बोलाउनुभएको हो ।

आज दिउँसो १ः०० बजे प्रतिनिधिसभा र १ः१५ बजे राष्ट्रियसभाको बैठक आह्वान भएको छ । त्यसअघि प्रमुख विपक्षी दलले सबै विपक्षी दललाई बोलाएर बैठक गर्न लागेको हो ।