३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आईएमई बैंक ४०.५५ प्रतिशत नाफा बृद्धिमा, ३ महिनामा ७५ करोड ३१ लाख



अ+ अ-

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा ग्लोबल आईएमई बैंकले नाफा ४०.५५ प्रतिशतले बढाएको छ । चालु आर्थिक वर्षको असोजसम्म बैंकले ७५ करोड ३१ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५३ करोड ५८ लाख रुपैयाँ नाफा गरेको थियो । मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाशको वित्तीय विवरणमा बैंकले नाफा २१ करोड ७२ लाख रुपैयाँ बढेको जानकारी दिएको छ ।

समीक्षा अवधिमा बैंकले १ अर्ब ५६ करोड ४७ लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा १अर्ब २० करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो । ३ महिनाको नाफाबाट बैंकले सेयरधनीलाई २८ करोड ११ लाख रुपैयाँ नाफा वितरण गर्न सक्नेछ । अघिल्लो वर्ष बैंकको निष्क्रिय कर्जा १.०५ प्रतिशत थियो भने यस वर्ष बैंकको निष्क्रिय कर्जा घटेर ०.८५ प्रतिशतमा झरेको छ ।

निक्षेप लागत घटेर ७.१३, सीसीडी रेसियो ७८.२६, आधारदर घटेर ९.४४ र स्प्रेडदर ४।९ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ८७ पैसा छ । यस्तै प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ७० पैसा रहेको बैंकले जनाएको छ ।

समीक्षा अवधिसम्म बैंकले १ खर्ब २८ अर्ब ९९ करोड रुपैयाँ निक्षेप परिचालन गरी १ खर्ब १८ करोड ४८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । निक्षेप गत वर्षको भन्दा झण्डै ८ अर्ब रुपैयाँ बढेको हो । समीक्षा अवधिमा निक्षेप र कर्जा वृद्धि हुनुका साथै तरलताको अवस्था पनि सहज रहेको बैंकले जनाएको छ ।