२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति राप्रपाको आपत्ति, यथार्थ स्पष्ट पार्न माग



अ+ अ-
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री बालेन साहले संघीय संसदको रोष्ट्रमबाट सीमा जस्तो संवेदनशील विषयमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै प्रधानमन्त्रीले संसदको रोष्ट्रमबाट नेपालले पनि छिमेकी भारतको भूमि मिचेको भन्ने अप्रमाणित अभिव्यक्ति दिएको भन्दै त्यसलाई अनुचित भएको बताएका छन्।

उनले भारतद्वारा नेपाली भूमि अतिक्रमणको विषय नयाँ नभए पनि प्रधानमन्त्रीबाट संसदमा गरिएको यस्तो अभिव्यक्ति आपत्तिजनक भएको उल्लेख गरेका छन्।

यस विषयमा यथार्थ स्पष्ट पार्न राप्रपाले प्रधानमन्त्री तथा नेपाल सरकारसँग माग गरेको छ। साथै, सत्तारुढ रास्वपाको आधिकारिक धारणा पनि सार्वजनिक हुनुपर्ने राप्रपाको माग छ।

अध्यक्ष लिङ्देनले सीमा र राष्ट्रिय सार्वभौमसत्तासँग जोडिएका विषयमा जिम्मेवार अभिव्यक्ति आवश्यक रहेको बताएका छन्।