४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त प्रदेश प्रमुखहरुद्वारा सपथ ग्रहण



अ+ अ-

काठमाडौं । नवनियुक्त सातै प्रदेशका प्रदेश प्रमुखहरुलेले सपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा एक समारोहबीच सातै जना प्रदेश प्रमुखलाई मंगलबार सपथ ग्रहण गराएकी हुन् ।

सोमबार मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीद्पारा प्रदेश १ मा सोमनाथ प्यासी, प्रदेश दुईमा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाई, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा तथा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना आदि सपथ ग्रहण समारोहमा उपस्थित थिए ।