१३ भाद्र २०८३, शनिबार
,
Latest
नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले प्रतिशोध, विभेद र चयनात्मक न्यायको बाटो नरोजी भदौ २३ र २४ का घटनाका दोषीमाथि कारबाही गर्नुपर्छः नेकपा सांसद शर्मा



अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले प्रतिशोध, विभेद र चयनात्मक न्यायको बाटो नरोजी सरकारले भदौ २३ र २४ का घटनाका दोषीमाथि कारबाही गर्नुपर्ने बताउनुभएको छ ।

आइतवार बसेको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनले जेन–जी आन्दोलनका क्रममा गम्भीर मानवअधिकार उल्लंघन तथा संगठित आपराधिक गतिविधि भएको निष्कर्ष निकालेको बताउनुभयो । उहाँले आयोगको प्रतिवेदन कार्यन्वयन गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद शर्माले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनका लागि तत्कालीन सुशिला कार्की नेतृत्वको सरकारले गठन गरेको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथी समेत प्रतिवेदनले मानवअधिकार आयोगको प्रतिवेदनले प्रश्न उठाएको बताउनु भयो ।

उहाँले राष्ट्रिय मानवअधिकार आयोग संवैधानिक निकाय भएकाले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने वा नगर्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताउनु भयो ।सांसद शर्माले भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न माग गर्नुभयो ।




भर्खरै