१३ भाद्र २०८३, शनिबार
,
Latest
नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत उपभोगमा भ्याट लगाउने निर्णय तत्काल फिर्ता लिनुपर्छः रास्वपा सांसद महत्तो



अ+ अ-

काठमाडाैँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजकिशोर महत्तोले विद्युत उपभोगमा लगाइएको पाँच प्रतिशत भ्याट तत्काल फिर्ता लिन माग गर्नुभएको छ ।

आईतवार बसेको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उहाँले उक्त माग गर्नुभएको हो । उहाँले मासिक ५० युनिट बढी विद्युत खपत गर्ने उपझोक्ता विलासी वर्ग नभएको बताउनु भयो । सरकारको नितिले लाखौँ परिवारको मासिक खर्च बढाउने, विद्युतीय प्रयोगलाई निरुत्साहित गराउने तथा पुन एपली ग्यासमा निर्भरता बढाउने जोखिम पैदा गरेको उहाँको भनाई छ ।

स्वदेशमा नै उत्पादित स्वच्छ र हरित उर्जाको प्रयोग बढाउन प्रोत्साह गर्नुपर्ने अवस्थामा विद्युत खपतमा कर लगाउनुले उर्जा रुपान्तरण, व्यापारघाटा न्युनिकरण र हरित अर्थतन्त्र निर्माणको राष्ट्रिय लक्ष्यसंग मेल नखाने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मासिक ५० युनिटभन्दा बढी बिद्युत खपत गर्ने अधिकांश उपभोक्ता कुनै विलासी वर्ग होईन, सामान्य नेपाली परिवार हुन् । यो निर्णयले लाखौँ परिवारको मासिक खर्च बढाउने, विद्युतीय प्रयोगलाई निरुत्साहित गराउने तथा पुन एपली ग्यासमा निर्भरता बढाउने जोखिम पैदा गरेको छ । स्वदेशमा नै उत्पादीत स्वच्छ र हरित उर्जाको प्रयोग बढाउन प्रोत्साह गर्नुपर्ने अवस्थामा यस्तो कर लगाईनु उर्जा रुपान्तरण, व्यापारघाटा न्युनिकरण र हरित अर्थतन्त्र निर्माणको राष्ट्रिय लक्ष्यसंग मेल खाँदैन, त्यसैले आम उपभोक्ताको हित, स्वदेशी विद्युतको अधिकतम उपभोग तथा राष्ट्रिय उर्जा सुरक्षाको पक्षमा सरकारले विद्युत उपभोगमा लगाएको ५ प्रतिशत भ्याट तत्काल फिर्ता लिन सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फट ५० युनिटभन्दा बढी विद्युत उपभोग गर्नेलाई ५ प्रतिशत भ्याट लगाउने नीति लिएको छ । सरकारको उक्त नीतिप्रति सत्तारुढ दल नै असन्तुष्ट देखिएका छन् ।




भर्खरै