• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ ★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर ★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी

बढ्दो चुनावी चहलपहल



पोखरा । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिँदै गर्दा कास्कीमा चुनावी गतिविधि बढेको छ । प्रतिनिधिसभाका लागि कास्की निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि निर्वाचन हुनलागेको हो । चुनाव नजिकिँदै गर्दा यतिखेर यहाँका सार्वजनिक चोक तथा चिया पसलमा आगामी निर्वाचनमा कुन दलले जित्ला भन्ने विषयले चासो र चर्चा पाएको छ ।

निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराईलाई उम्मेदवारका रुपमा अघि सारेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसमा उम्मेदवार कसलाई बनाउने भन्नेबारे निर्णय आइसकेको छैन । अन्य राजनीति दलमध्ये साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले रोमबहादुर भण्डारीलाई उम्मेदवारका रूपमा अघि सारेको छ । त्यस्तै समाजवादी पार्टीले ई धर्मराज गुरुङलाई उम्मेदवार बनाएको छ ।

निर्वाचनलाई लक्षित गरी निर्वाचन कार्यालयले आफ्नो तयारी तीव्र बनाएको कास्कीका जिल्ला निर्वाचन अधिकारी महेन्द्र सुवेदीले जानकारी दिए । निर्वाचन कार्यतालीका सार्वजनिक भइसकेको जानकारी गराउँदै उनले निर्वाचनका लागि २२ जना मतदाता शिक्षा स्वयंसेविका खटाउन लागिएको बताए । पोखरा महानगरअन्तर्गत ११ वडा यस निर्वाचन क्षेत्रमा पर्ने भएकाले प्रत्येक वडामा दुई–दुईका दरले मतदाता स्वयंसेविका परिचालन गरिने उनले जानकारी दिए ।

मतदाता स्वयंसेवी छनोट प्रक्रिया बढिसकेको र उनीहरूलाई आवश्यक तालीम दिएर मङ्सिरको पहिलो साता सम्बन्धित वडामा पठाइसकिने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनकै तयारीस्वरुप सोमबार पोखरामा निर्वाचन विवाद निरुपण विषयक प्रशिक्षण सम्पन्न भएको छ । कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि ७१ हजार ८७१ मतदाता छन् ।