७ श्रावण २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालमा उपचाररत प्रचण्डको अवस्था सुधारिँदै



अ+ अ-

काठमाडाैँ । अस्पतालमा उपचाररत नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । चिकित्सकहरूका अनुसार स्वास्थ्यमा सुधारको क्रम यस्तै रहे उनी आइतबार नै अस्पतालबाट घर फर्कन सक्ने सम्भावना रहेको छ ।

प्रचण्डलाई शनिबार बिहान उपचारका लागि मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । केही दिनदेखि ज्वरो आएपछि गरिएको स्वास्थ्य परीक्षणमा हल्का फोक्सोको संक्रमण देखिएपछि चिकित्सकले अस्पतालमै राखेर उपचार गर्न सुझाव दिएका थिए ।

आज बिहान अस्पताल पुगेर भेट गरेका नेकपाका नेता माधव सापकोटाले चिकित्सकको भनाइ उद्धृत गर्दै प्रचण्डको स्वास्थ्य क्रमशः राम्रो हुँदै गएको जानकारी दिए । उनका अनुसार अवस्था यस्तै रहे छिट्टै घर फर्काउने तयारी हुन सक्छ ।

पारिवारिक स्रोतका अनुसार प्रचण्ड जेठ ७ र ८ गते सुदूरपश्चिमस्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी भएर फर्किएपछि अस्वस्थ महसुस गर्न थालेका थिए । अत्यधिक गर्मीका कारण स्वास्थ्यमा असर परेको हुन सक्ने परिवारको अनुमान छ । ज्वरो आए पनि उनी केही दिनसम्म नियमित पार्टी गतिविधिमा सक्रिय रहेकामा पछि समस्या बढेपछि अस्पताल लगिएको बताइएको छ ।

स्वास्थ्य समस्याकै कारण प्रचण्ड जेठ १५ गते बजेट प्रस्तुत भएको दिन बसेको संघीय संसदको बैठकमा पनि उपस्थित हुन सकेका थिएनन् ।