४ श्रावण २०८३, सोमबार
,
Latest
दमकमा खैरो हेरोइनसहित एक पक्राउ चितवनमा आठ हजार मेट्रिकटन मल बिक्री भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दर्ता गराउन सरकारको अन्तिम आह्वान बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद दुईदिने साप्ताहिक बिदापछि सार्वजनिक बिदा पुनरावलोकन गरिने, सरकारद्वारा कार्यदल गठन काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा युवतीको हत्या, आरोपीको खोजी तीव्र अवैध व्यापार गर्नेलाई कडा कारबाही गर्ने वाणिज्य विभागको चेतावनी मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुक वृहत्तर आर्थिक सुधारको निर्णायक मोडमाः अर्थमन्त्री



अ+ अ-

काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजनीतिक अस्थिरताको चक्र अन्त्य भएसँगै समष्टिगत आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ उन्मुख रहेको दाबी गर्नुभएको छ ।

शुक्रवार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री वाग्लेले मुलुकको अर्थतन्त्र सुधारउन्मुख अवस्थामा पुगेको दाबी दाबी गर्नुभएको हो ।

उहाँले वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको, विदेशी विनिमय सञ्चिति सुदृढ अवस्थामा रहेको तथा स्वच्छ ऊर्जा र प्रविधि क्षेत्रमा नेपालसँग ठूलो सम्भावना रहेको उल्लेख गर्नुभयो । उहाँले मुलुक अहिले वृहत्तर आर्थिक सुधारको निर्णायक मोडमा पुगेको दाबी पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मुलुक अहिले बृहत्तर आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ । राजनीतिक अस्थिरताको दुस्चक्र समाप्त भएको छ । अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारउन्मुख छन् । सुदृद्ध आर्थिक विनिमय सत्तिचतिसहित वित्तिय प्रणालीमा पर्याप्त तरलता छ । स्वच्छ उर्जा उत्पादन र प्रविधिमा विशाल सम्भावना छन् ।’

आर्थिक सुधार, लगानी प्रवद्र्धन र उत्पादनमुखी क्षेत्र विस्तारमा सरकार केन्द्रित रहेको उहाँको भनाइ छ । तस्बिर : रत्न श्रेष्ठ / रासस