२० असार २०८३, शनिबार
,
Latest
शिक्षक महासङ्घको काठमाडौँ जिल्ला समिति विस्तार राष्ट्रियसभाको बैठक सुरु पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरुको जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण हुनेगरी बजेट ल्याएको छुः अर्थमन्त्री वाग्ले



अ+ अ-

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादनमुखि अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रविधिमैत्री परिवर्तनबारे राख्ने गरेको जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण बन्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको बताउनुभएको छ ।

आगामी आर्थिक वर्षको बजेट संघीय संसदको दुवै सदनमा प्रश्तुत गर्दै उक्त कुरा बताउनुभएको हो । अर्थमन्त्री वाग्लेले सरकार बजेटमार्फत सुशासनको मानक स्थापित गर्न कटिवद्ध रहेको पनि बताउनु भयो । उहाँले बजेटले राष्ट्रिय जीवनको सबै आयाममा रुपान्तरको उत्कृट प्रतिक्षालाई सम्बोधन गरेको दाबी पनि गर्नुभयो ।

उहाँले भन्नुभयो,‘उत्पादनमुखि अर्थतन्त्र, अन्तराष्ट्रिय प्रतिष्ठा, प्रविधिमैत्री परिवर्तनबारे राख्ने गरेको जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण बन्नेछ भन्ने विश्वास लिएको छु । नेपालको राजनीतिमा उमेरको पुस्तान्तरण सँगसँगै राष्ट्रिय जीवनको सबै आयाममा रुपान्तरको उत्कृट प्रतिक्षा छ । यो अनुकूलतालाई आत्मासात गर्दै नीति, कानून, संस्था, पद्धति, प्रक्रिया, नेतृत्व र नियतमा परिस्कारपूर्वक सुशासनमा मानक स्थापित गर्न हामी कटिवद्ध छौँ ।’
अर्थमन्त्री वाग्लेले सरकार नयाँ पुस्ताको भावना अनुसार अघि बढने पनि बताउनु भयो । –न्युज एजेन्सी नेपाल