६ श्रावण २०८३, बुधबार
,
Latest
वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकुम्बासी समस्याको समाधान कानूनसम्मत र मानवीय हुनुपर्छः सभापति थापा



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्दा राज्यले मानवीय संवेदना र कानूनी प्रक्रियालाई भुल्न नहुने बताउनुभएको छ ।

पार्टी कार्यालयमा शुक्रवार आयाजित कार्यक्रममा बोल्दै सभापति थापाले सुकुम्बासी बस्ती हटाउने नाममा गरिने बल प्रयोग र घर–टहरा भत्काउने कार्यलाई ‘अमानवीय’ को संज्ञा दिनुभएको हो । घर र आवाससँग नागरिकको जीवनका थुप्रै कथा र भावना जोडिएको उल्लेख गर्नुभयो । नेपालको संविधानले आवासको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै उहाँले भूमिहीन दलितलाई एक पटक जमिन उपलब्ध गराउनु राज्यको दायित्व भएको बताउनु भयो ।

सुकुम्बासी र अव्यवस्थित बसोवासको समस्या ऐतिहासिक र संरचनागत भएको उल्लेख गर्दै थापाले यसको हल कानूनको परिधिभित्रै रहेर खोजिनुपर्नेमा जोड दिनुभयो । पहाडबाट सहरतर्फको तिब्र बसाइँसराई र आर्थिक गतिविधि सहर केन्द्रित हुँदा मानिसहरू खोला किनारमा बस्न बाध्य भएको उहाँको तर्क छ । सभापति थापाले पछिल्लो समय कतिपय स्थानीय सरकारहरूले सामाजिक सञ्जालमा लोकप्रियता कमाउने उद्देश्यले कानुनी प्रक्रिया मिचेर काम गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

सभापति थापाले भन्नुभयो, ‘रातभर परिवारसँग बसेको घर बिहान उठ्दा नरहनुको पीडा अत्यन्तै गहिरो हुन्छ। एउटा सामान्य टहरा मात्र भत्काइएको हो भन्ने सोच राख्नु अमानवीयता हो। यस्ता विषयमा राज्य र संवद्ध निकाय संवेदनशील बन्नुपर्छ । खोला किनारका बस्ती सार्नुपर्छ, तर ती नागरिकलाई कहाँ र कसरी सार्ने भन्ने स्पष्ट योजना र कानून आवश्यक छ । लोकतन्त्रमा सरकार कानुनभन्दा माथि हुँदैन । सामाजिक सञ्जालको ‘वाहवाही’ का लागि कानून मिच्ने प्रतिष्पर्धा देखिनु दुःखद् छ । नेपाली काँग्रेसका तर्फबाट निर्वाचित मेयरहरूले कानूनको परिधि नाघेर ‘हिरो’ बन्न खोज्नुभयो भने त्यो पार्टीको विचारविपरीत हुनेछ । पार्टीको सदस्य हुन केवल सदस्यता लिएर मात्र पुग्दैन, पार्टीको विचार र कानूनी शासनलाई पनि आत्मसात गर्नुपर्छ ।’

आफ्नै पार्टीका तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुखहरूलाई सचेत गराउँदै  सभापति थापाले कानूनको उल्लंघन गरेर गरिने कुनैपनि कार्य स्वीकार्य नहुने चेतावनी दिनुभयो । भूमिहीन र सुकुम्बासीको व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारको भएपनि उक्त कार्य गर्दा कानूनले तोकेको विधि र प्रक्रिया पूर्ण रूपमा पालना गर्नुपर्नेमा उहाँको जोड छ ।




भर्खरै