• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

उपनिर्वाचनको तयारी पूरा, उम्मेदवारको मनोनयन र मतदान समय तोकियो



काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका गरी ३७ जिल्लामा १४ मंसिरमा हुने उपनिर्वाचनका लागि तयारी पूरा भएको बताएको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उपनिर्वाचनको तयारी पूरा भएको र बिहीबारबाट कार्यान्वयनको चरणमा जाने बताए । ‘आयोगले उपनिर्वाचनको तयारी सकेको छ, अब निर्वाचनको कार्यान्वयनको क्रममा आयोग अगाडि बढ्यो,’ प्रमुख आयुक्त थपलियाले भने ।

प्रमुख आयुक्त थपलियाले उपनिर्वाचन हेर्दा सामान्य र सानोजस्तो देखिए पनि राजनीतिक अर्थ र महत्व बोकेको निर्वाचनको महत्व भने व्यापक रहेको भन्दै खर्चका हिसाबले समेत उपनिर्वाचन महँगो हुने बताए । ‘उपनिर्वाचन हेर्दा सानो जस्तो छ, मतदाता पनि थोरै छन् तर यसको महत्व राजनीतिक हिसाबले ठूलो छ, खर्चका हिसाबले पनि उपनिर्वाचन महँगो पर्ने देखिन्छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले पत्रकार सम्मेलनमा भने । उनले उपनिर्वाचनलाई निष्पक्ष, तटस्थ र भयरहित तुल्याउन आयोग प्रतिबद्ध रहेको समेत बताए ।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य ३ र स्थानीय तहका प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ गरी ५२ पदका लागि उपनिर्वाचन हुनेछ । निर्वाचनमा ३७ जिल्लामा गरी कुल ४ लाख ५४ हजार ११४ जना मतदाता कायम गरिएको र उपनिर्वाचनका लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ ।

उपनिर्वाचन प्रयोजनका लागि मतदाता शिक्षा कार्यक्रम ५ देखि ११ मंसिरसम्म सञ्चालन हुनेछ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको बिहीबार (आज) बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने आयोगको तयारी छ । स्थानीय तहका सदस्य पदको उम्मेदवारको मनोनयनपत्र दर्ता भने २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्म हुनेछ ।

उपनिर्वाचनका लागि १४ मंसिरमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन भन्दै आयोगले ८ मंसिरबाटै आचारसंहिता लागू गरिसकेको छ । राजधानी दैनिकबाट